युभेन्टसलाई आठौं पटक सुपरकोपा इटालियनाको उपाधि

5.54K
shares

एजेन्सी । क्रीष्टियानो रोनाल्डोले हेडमार्फत् गरेको गोल बुधबार राती युभेन्ट्सलाई कीर्तिमानी आठौं पटक सुपरकोपा इटालियनाको उपाधि जिताउन पर्याप्त भयो । साउदी अरबको जेद्धाह रंगशालामा भएको फाइनलमा युभेन्टसले एसी मिलानलाई १–० ले पराजित गर्दै उपाधि जितेको हो ।

६१औं मिनेटमा रोनाल्डोले मिरालिम पिजानिकले दिएको पासलाई हेडमार्फत् गोल गर्दै युभेन्टसलाई अग्रता दिएका थिए । रोनाल्डोको त्यही गोल युभेन्टसलाई जिताउन निर्णायक बन्यो । इटालियन सिरि ए विजेता युभेन्टसका लागि रोनाल्डोको यो १६औं गोल हो ।

७४औं मिनेटमा फ्रान्क केसिएले रातो कार्डको सामना गरेपछि खाएपछि मिलानले १० खेलाडीमा रहेर खेलको अन्त्य गरेको थियो । त्यसअघि मिलानका प्याट्रीक कुट्रोनिले गरेको प्रहार क्रसबारमा लागेर फर्किएको थियो । युभेन्ट्सबाट लोनमा मिलान गएका गोन्जालो हिग्विनलाई मिलानका प्रशिक्षक गेनारो गटुसोले वैकल्पिक खेलाडीका रुपमा ७१औं मिनेटमा मैदान छिराएका थिए ।

तर ३१ वर्षे अर्जेन्टिनाका फरवार्डले गोल गर्न सकेनन् । यससँगै रोनाल्डोले युभेन्ट्सबाट पहिलो उपाधि जितेका छन् । रोनाल्डो यहि सिजनको सुरुमै रियल मड्रिडबाट युभेन्टस आएका हुन् ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083