भारतको जितमा धवनको अर्धसतक

4.33K
shares

एजेन्सी । घरेलु टोली न्युजिल्याण्डविरुद्धको पहिलो एकदिवसीय क्रिकेटमा भारत विजयी भएको छ । बुधबार भएको पहिलो खेलमा भारतले न्युजिल्याण्डलाई डिएल पद्दतिको आधारमा ८ विकेटले हरायो ।
नापियरमा न्युजिल्याण्डले दिएको १५८ रनको लक्ष्य पछ्याउन भारतले जवाफी ब्याटिङ गरिरहँदा खेल वर्षाले प्रभावित भएको थियो ।

खेल वर्षाले प्रभावित गरेपछि भारतले डिएल पद्दतिको आधारमा ४९ ओभरमा १५६ रनको नयाँ लक्ष्य पाएको थियो । उक्त लक्ष्य भारतले ३४ ओभर ५ बलमा मात्र २ विकेट गुमाएर पुरा गर्यो । भारतको जितमा शिखर धवनले नटआउट ७५ रनको योगदान दिए ।

यस्तै कप्तान विराट कोहलीले ४५ रन जोड्दा अम्बाती रायडुले अविजित १३ रन जोडे । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको न्युजिल्यान्ड ३८ ओभरमा अलआउट हुँदै १५७ रनमा समेटियो । न्युजिल्याण्डका लागि कप्तान केन विलियम्सनले ६४ रनको अर्धशतकीय इनिङस खेले । यस्तै रोस टेलरले २४ रन जोडे ।

न्युजिल्याण्डलाई सस्तैमा समेट्न भारतका कुलदीप यादवले ४ विकेट लिए । यस्तै मोहमद शामीले ३ तथा युजवेन्द्र चाहलले २ विकेट लिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083