दक्षिण कोरियालाई पराजित गर्दै कतार एसियन कपको सेमिफाइनलमा
वि.सं.२०७५ माघ १२ शनिवार १५:००
shares

एजेन्सी । अब्देलाजिज हातिमको गोलमा सन् २०२२ को विश्वकप आयोजक कतारले शुक्रबार राति दक्षिण कोरियामाथि १–० को नतिजा निकाल्दै एसियन कपको सेमिफाइनलमा स्थान बनाएको छ ।
दक्षिण कोरियाले अब फाइनल प्रवेशका लागि युनाइटेड अरब इमिरेट्स (यूएई) विरुद्ध खेल्नेछ । यूएईले शुक्रबारै साविक विजेता अस्ट्रेलियामाथि १–० कै नतिजा निकाल्दै सेमिफाइनलमा स्थान बनाएको हो । कतारले एसियन कपको सेमिफाइनल स्थान बनाएको यो पहिलो पटक हो । कतारलाई पहिलो पटक अन्तिम चारमा स्थान बनाउन ७८औं मिनेटमा हातिमले गरेको गोल पर्याप्त भयो । कतारले केपा अमेरिकामा पनि अर्जेन्टिनाविरुद्ध खेल्नेछ ।
साविक विजेता अस्ट्रेलियालाई हराउँन ६८औं मिनेटमा अलि अहमद मबखोउटले गरेको निर्णायक बन्यो । चार वर्षअघि सम्पन्न सेमिफाइनलमा युएई अस्ट्रेलियासँग पराजित हुँदै घर फर्किएको थियो ।
यससँगै एसियन कपको सेमिफाइनल समिकरण पूरा भएको छ । अर्को सेमिफाइनलमा जापान र इरानले प्रतिस्पर्धा गर्नेछन् । जापान सेमिफाइनलमा भियतनामलाई १–० ले पराजित गरेको थियो भने इरानले चीनमाथि ३–० को सहज जित निकालेको थियो ।





























