युएईलाई लगातार चौथो झट्का, सोमपाल एक्लैले लिए ४ विकेट
वि.सं.२०७५ माघ १२ शनिवार १६:१८
4.59K
shares
shares

काठमाडौं । नेपालले दिएको २४३ रनको लक्ष्य पछ्याएको घरेलु टोलीले सुरूवाती ६ ओभरभित्रै चार विकेट गुमाएको छ।
नेपालका लागि सोमपाल कामीले चारै सफलता दिलाएका हुन्। हरेक ओभरमा विकेट लिएका सोमपालले ५ ओभरमा एक मेडनसहित १३ रन खर्चिएर ४ विकेट हात पारेका हुन्।




























