अझै सुरु हुन सकेन नेपाल-यूएई निर्णायक भिडन्त, वर्षा निरन्तर

4.54K
shares

काठमाडौँ । यूएई र नेपालबीचको तेस्रो तथा निर्णायक टीट्वेन्टी क्रिकेट वर्षाका कारण अझै सुरु हुन सकेको छैन। नेपाली समयअनुसार पौने ३ बजे सुरु हुने भनिएको खेल निरन्तरको वर्षाका कारण टस पनि हुन सकेको छैन।

शृंखला १-१ को बराबरीमा रहेकाले यो खेल जित्ने टोली शृंखलाको विजेता बन्ने छ। शृंखलाअन्तर्गत पहिलो खेल यूएई र दोस्रो खेल नेपालले जितेको थियो। यूएई भ्रमणमा रहेको नेपालले तीन खेलको एकदिवशीय शृंखला २-१ ले जितेको थियो।

पहिलोपटक एकदिवशीय शृंखला जितेको नेपाल टीट्वेन्टीमा पनि पहिलोपटक शृंखला विजेता बन्‍ने प्रयासमा छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083