नेपालद्धारा यूएईलाई १०५ रनको लक्ष्य प्रस्तुत
वि.सं.२०७५ माघ २० आइतवार १७:४७
4.51K
shares
shares

काठमाडौं । टी–२० अन्तर्राष्ट्रिय क्रिकेट सिरिजअन्तर्गत अन्तिम तथा तेस्रो खेलमा नेपालले यूएईलाई १०५ रनको लक्ष्य दिएको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको नेपालले १० ओभरमा छोट्याइएको खेलमा १०४ रन बनाएको हो । नेपालका लागि कप्तान पारस खड्का, सन्दीप जोरा र विनोद भण्डारीले विष्फोटक ब्याटिङ गरे । पारसले १४ बलमा २९ रन बनाए । उनले चार चौका र एक छक्का प्रहार गरे । सन्दीपले ११ बलमा २८ रन बनाए । विनोदले १३ बलमा रन बनाए ।
त्यस्तै करण केसीले ५ बलमा रन रन जोडे ।






























