लिभरपुल बराबरीमै रोकियो, म्यानचेस्टर सिटीलाई फाइदा

4.52K
shares

काठमाडौँ । इङ्लिस प्रिमियर लिग फुटबलको मंगलबार विहान खेलिएको खेलमा ‘लिग लिडर’ लिभरपुल बराबरीमा रोकिएपछि उपाधि होड रोमाञ्चक बनेको छ। लिभरपुललाई तुलनात्मक रुपमा कमजोर प्रतिद्वन्द्वी वेस्टहाम युनाइटेडले १—१ गोलको बराबरीमा रोकेको हो।

वेस्टहामको घरेलु मैदानमा खेलिएको खेलको २२औं मिनेटमा साडियो मानेले लिभरपुलाई सुरुआती अग्रता दिलाएका थिए। तर, लिभरपुलले त्यो अग्रता लामो समय टिकाउन सकेन। २८औं मिनेटमै वेस्टहामका मिचेल एन्टोनियोले जवाफी गोल फर्काए।

उक्त नतिजापछि ‘लिग लिडर’ लिभरपुल र तालिकाको दोस्रो स्थानमा आसिन म्यानचेस्टर सिटीबीचको दूरी तीन अंकमा झरेको छ। प्रिमियर लिगमा २५औं चरणको खेल सकिँदासम्म लिभरपुल ६२ अंकसहित पहिलो र म्यानचेस्टर सिटी ५९ अंकसहित दोस्रो स्थानमा छन्।

यसैगरी ५७ अंकसहित टोट्टनहाम तेस्रो, ५० अंकसहित चेल्सी चौथो र ४८ अंकसहित म्यानचेस्टर युनाइटेड पाँचौं स्थानमा आसिन छन्। वेस्टहाम भने ३२ अंकसहित तालिकाको १२औं स्थानमा छ। गत डिसेम्बरमा लिभरपुल र म्यानचेस्टर सिटीबीच नौ अंकको भिन्नता थियो। म्यानचेस्टर सिटीले आफ्नो पछिल्लो खेलमा आर्सनललाई हराएको थियो।

खेलका क्रममा लिभरपुलका खेलाडीले अधिकांश समय बलमाथि नियन्त्रण राखे पनि थप गोल गर्न सकेनन्। लिभरपुलले ७३ प्रतिशत समय बलमाथि नियन्त्रण राखेको थियो। सन् २०१८ को फेब्रअरीयता वेस्टहाम घरेलु मैदानमा लगातार तीन खेलमा अपराजित छ। यो अवधिमा घरेलु मैदानमा वेस्टहामले एक खेल जितेको छ भने दुई खेलको नतिजालाई बराबरीमा टुंग्याएको छ।

लिभरपुलले प्रिमियर लिगमा सन् १९८७/८८ सिजनपछि पहिलो पटक २५ खेलबाट ६२ अंक बटुल्न सकेको हो। सन् १९८७/८८ सिजनमा लिभरपुलले २५ खेलबाट ६३ अंक जोडेको थियो। साडियो मानेले प्रिमियर लिगमा सन् २०१७ को अगस्तपछि पहिलो पटक लिभरपुलका लागि लगातार तीन खेलमा गोल गरेका हुन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083