टी–२० वरियतामा नेपालको उल्लेखनिय सुधार, चार देशलाई उछिन्यो

4.67K
shares

काठमाडौं । टी–२० क्रिकेट प्रतियोगितामा नेपालले ऐतिहासिक रेकर्डसँगै वरियतामा समेत चार ४देशलाई उछिनेको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल आईसीसीले सोमबार सार्वजनिक गरेको नयाँ वरियतामा नेपाल १४ औँ स्थानमा छ । नेपालले टी–२० वरियतामा आयरल्याण्ड, ओमन, हङकङ, यूएईलाई पछि पारेको हो ।

नेपालले यूएईविरुद्धको टी–२० र एक दिवसीय सिरिज जितेको थियो । त्यही नतिजाका आधारमा ४ टिमलाई पछि पार्न सफल नेपालले टी–२० वरीयतामा ४३ रेटिङ पाएको छ ।

एक दिवसीयमा भने नेपाल १५औँ स्थानमा यथावत छ । १४ औँ स्थानमा रहेको यूएईसँग समान १५ रेटिङ भए पनि प्वाइन्ट्सका आधारमा नेपाल पछि परेको हो । टी–२० को शीर्ष स्थानमा पाकिस्तान र एक दिवसीयको शीर्ष स्थानमा भारत छ ।

खेलाडीतर्फ टी–२० वरीयतामा नेपालका कप्तान पारस खड्काले एक स्थान सुधार गरेका छन् । यस महिना पारस ९६औँ स्थानमा छन् । अघिल्लो महिना उनी ९७ औँ स्थानमा थिए ।
हेर्नुस् वरियतामा को कहाँ  ?


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083