च्याम्पियन्स लिग : एट्लेटिको मड्रिडसँग युभेन्टसको लज्जास्पद हार

5.37K
shares

काठमाडौं । स्पेनिस क्लब एट्लेटिको मड्रिडले च्याम्पियन्स लिग फुटबलअन्तर्गत प्रिक्वारटफाइनलको पहिलो लेगमा जित हात पारेको छ।

बुधबार राति भएको खेलमा घरेलु टोल एट्लेटिको मड्रिडले इटालियन क्लब युभेन्टसलाई २–० गोलअन्तरले पराजित गरेको हो। एट्लेटिको मड्रिडको जितमा जोसे मारिया गिमिनेज र डिएगो गोडिनले गोल गरे।

पहिलो हाफसम्म गोलरहित बराबरी खेलेको युभेन्टसले दोस्रो हाफमा भने लय समात्न सकेन। दोस्रो हाफमा दुई गोल खादै एट्लेटिको मड्रिडसँग पराजित भएको हो। ७८औं मिनेटमा गिमिनेजले गोल गर्दै एट्लेटिको मड्रिडलाई अग्रता दिलाएका थिए। त्यस्तै ८३औं मिनेटमा गोडिनले गोल गर्दै एट्लेटिको मड्रिडलाई २–० गोलको अग्रतामा पुर्‍याए।

खेलअवधिभर बल नियन्त्रणमा राखेपनि युभेन्टसले गोल गर्न भने सकेन। क्रिष्टियानो रोनाल्डो पनि यो पटक भने चल्न सकेनन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083