वुमन्स टी–२० क्वालिफायर : यूएईविरुद्ध नेपाल ७ विकेटले विजयी

5.23K
shares

काठमाडौं । आईसीसी वुमन्स टी–२० विश्पकपको एसिया छनोटमा नेपालले यूएईमाथि ७ विकेटको शानदार जित हात पारेको छ।

यूएईले प्रस्तुत गरेको ४२ रनको लक्ष्य नेपालले १०.२ ओभरमा मात्र ३ विकेट गुमाएर भेट्टायो। नेपालका लागि रुविना क्षेत्रीले नटआउट १८ रन बनाइन्। काजल श्रेष्ठले १५ र सीता राना मगरले ६ रन बनाइन्। अप्सरी बेगमले खाता खोल्न सकिनन्।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको यूएईले १७.३ ओभरमा सबै विकेट गुमाएर मात्र ४१ रन बनाएको थियो। उसलाई सस्तैमा समेट्ने क्रममा नेरी थापाले ४ विकेट लिइन् भने सीता राना मगर, करुणा कुँवर र सोनु खड्काले २–२ विकेट लिइन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083