काठमाडौं गोल्डेन्सद्धारा डीपीएल क्रिकेट बहिस्कार!

4.1K
shares

काठमाडौं । काठमाडौं गोल्डेन्सले धनगढी प्रिमियर लिग (डीपीएल) क्रिकेट बहिस्कार गरेको छ। आफ्ना खेलाडी अंकित दबासलाई बलिङमा प्रतिबन्ध लगाए पछि काठमाडौं गोल्डेन्सले बहिस्कारको घोषणा गरेको छ।

काठमाडौं गोल्डेन्सका टिम म्यानेजर संजय श्रेष्ठले निर्णय सही नभएकै कारण प्रतियोगिता बहिस्कार गरेको जानकारी दिएका छन्। उनले भने, ‘बहिस्कार नै गरेको हो। अब हामी आगामी संस्कणका कुनै पनि डीपीएल खेल्दैनौं। अंकित विरुद्धको निर्णय सच्चिनु पर्छ। नत्र हामी खेल्दैनौं।’

अंकत दबास उत्कृष्ट खेलाडी भएको कारण उनी माथि एक्कासी प्रतिबन्ध लगाउनु गलत भएको भन्दै काठमाडौं गोल्डेन्सले आपत्ति जनाएको छ।

‘अंकित दिल्लीका राम्रा खेलाडी हुन्। विभिन्न उमेर समूहदेखि रंजी ट्रफि पनि खेलिसकेको खेलाडी हुन्। अब यहाँ आयोजकलाई राम्रो लागेन भने प्रतिबन्ध लगाउने कुरा त आउँदैन नि। क्लिन चित नदिइ एक्कासी कुनै पनि खेलाडीलाई प्रतिबन्ध लगाउन पाइदैँन। उनीहरुले रिपोर्ट नदिइ सिधै प्रतिबन्ध लगाइएको छ। यसमा हो हाम्रो आपत्ति’, म्यानेजर श्रेष्ठले बताए।

यता, टेक्निकल एनलाइसिस रमन शिवकोटी भने उनको इलिगल बलिङकै कारण प्रतिबन्ध लगाइएको बताए। उनले भने, ‘खेल सुरु हुने समय सम्म हामी कुर्छौं। त्यतिन्जेल पनि खेल्नका लागि आउनु भएन भने हामी बैठक बसेर निर्णय गर्नेछौ।’

काठमाडौं १२ बजेर ३० मिनेटसम्म खेल्नका लागि मैदानमा नआए महेन्द्रनगर फाइनलमा पुग्ने पनि उनले बताए। यस अघि बिहीबार काठमाडौंका अलराउन्डर अंकित दबासलाई टुर्नामेन्ट टेक्निकल कमिटीले आगामी खेलहरुका लागि बलिङमा प्रतिबन्ध लगाएको थियो। दुई खेलमा उनले बलिङ गरेको इलिगल भएको भन्दै प्रतिबन्ध लगाएको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083