महिला क्रिकेटमा आज नेपाल र हङकङवीच खेल हुने

4.51K
shares

काठमाडौं । आईसीसी महिला टी–२० तथा एकदिवसीय विश्वकप अन्तर्गत एशिया क्षेत्रीय छनोटमा नेपालले आज हङकङसँग खेल्दैछ। थाइल्याल्याण्डमा जारी खेल नेपाली समय अनुसार दिउसो सवा १२ बजेबाट सुरु हुनेछ। प्रतियोगितामा तीन खेलमा दुईमा जित निकालेको नेपाल चिरप्रतिद्वन्द्वी हङकङलाई पराजित गर्दै आफ्नो जितको यात्रालाई कायम राख्न चाहन्छ।

थाइल्याण्डसँग पराजित भएपछि शीर्ष स्थानमा रहने यात्रामा धक्का पुगेको नेपालले आज हङकङलाई हराउन सकेमा तेस्रो स्थानमा उक्लने छ। तीन खेलबाट नेपाल प्रतियोगिताको चौथो स्थानमा छ। थाइल्याण्ड शीर्ष स्थानमा छ। यता हङकङले अहिलेसम्म जित निकाल्न सकेको छैन। उसले खेलेका तीन खेलमा तीनैमा पराजित भएको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083