यी हुन् विश्वकै धनी फुटबलर

6.25K
shares

एजेन्सी। ‘विश्वमा सबैभन्दा धनी फुटबल खेलाडी को होला ?’ – यो प्रश्न तेर्साउने हो भने सबैको उत्तर स्पेनिस क्लब बार्सिलोनामा कप्तान लियोनल मेस्सी वा युभेन्टसका स्टार क्रिस्टियानो रोनाल्डो वा पीएसजीका स्टार नेमारको नाम लिनेछन्।

Image result for faiq bolkiah leicester

तर युरोपियन टप लिग खेलिरहेका खेलाडी मध्ये सबैभन्दा धनी फुटबल खेलाडी माथि लिइएका नाम होइनन्। अहिले युरोपको टप लिग खेलिरहेका खेलाडी मध्ये धनी खेलाडीको सूचीको शीर्ष स्थानमा लेस्टर सिटीका फैक बोल्किह रहेका छन्। लेस्टरका २० वर्षीय मिडफिल्डर फैक विश्वकै धनी फुटबलर हुन्।

Related image

ब्रुनाईका सुल्तानका भतिजोसमेत रहेका फैकको सम्पत्ति १५ विलियन पाउन्ड रहेको छ। उनी अहिलेका चर्चित मिफिल्डर हुन्। यो रोनाल्डोको दुई सय मिलियन पाउन्ड सम्पत्ति भन्दा धेरै नै बढी हो।

फैक सन् २०१६ मा लेस्टर सिटीमा अनुबन्ध भएका थिए। लस एन्जलसमा जन्मिएका फैकले सन् २००९ देखि एएफसी न्युबरीबाट फुटबल खेल्न थालेका हुन्। जुनियर क्याम्पमा उनले २००९ देखि २०१३ सम्म चार बर्ष साउह्यामटनमा बिताए। त्यसपछि २०१३ मा उनी आर्सनल एकेडेमीमा पुगे।

एक वर्ष आर्सनलमा बिताएका फैकको रुची चेल्सीमा गयो। २०१४ र २०१५ को सिजन चेल्सीको युथ टोलीमा बिताएका फैक सन् २०१६ देखि लेस्टरको सिनियर टोलीमा तीन वर्षका लागि अनुबन्ध भएका थिए।

आफ्नो पोजिसनमा निकै मेहनत गर्ने फैक टिममा घुलमिल हुन र अभ्यासमा रम्न उनी बढी मन पराउँछन्। उनलाई नाइक कम्पनीले प्रायोजन समेत गरेको छ। उनी २०१६ देखि ब्रुनाई राष्ट्रिय टोलीका नियमित खेलाडी हुन्। सिनियर टोलीमा फैकले ६ खेल खेल्दै एक गोल गरेका छन्। उनले ब्रुनाईका लागि सन् २०१३ देखि २०१५ सम्म उमेर समूहमा यू–१९, यू–२१ र यू–२३ का सबै खेल खेलेका थिए।

Related image

अन्य खेलाडीलाई जस्तो पैसा कमाउनकै लागि खेल्नुपर्ने र मैदानमा उत्तिकै मेहनत गर्नुपर्ने बाध्यता फैकलाई छैन। उनलाई काका प्रिन्स जेफ्री बोल्किहले बेन्टले, फरारी, रोल्स रोयस जस्ता बहुमूल्य र आरामदायी कारको ब्यवस्था गरिदिन्छन्। प्रिन्स जेफ्रीले आफ्नो ५० औँ जन्मदिन मनाउन चर्चित गायक माइकल ज्याक्सनलाई बोलाएर एकल कन्सर्टनै आयोजना गरेका थिए।

पछिल्लो समय फैकसँग प्रिन्स जेफ्री झनै प्रभावित छन्। उनलाई धन र दौलतको कुनै कमी छैन। त्यसैले प्रिन्सको चाहना पनि भतिजले राम्रो खेलोस् भन्ने छ। फैकले पनि परिवारले आफूलाई राम्रो फुटबलर बनाउन धेरै सहयोग गरेको बताएका छन्।

उनी भन्छन्–‘मलाई राम्रो खेलाडी बनाउन परिवारले सानैदेखि मलाई शारीरिक र मानसिक रुपमा तयार पार्नु भयो। उहाँहरु मेरो लगि वास्तविक रोल मोडल हुनुहुन्छ। मैले केवल राम्रो खेल्न सके मेरो परिवारका लागि सबैभन्दा ठूलो धन त्यही हो।’


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083