पीएसएल : सन्दीपको टिम लाहोरलाई आज जित्नै पर्ने दबाव

4.54K
shares

काठमाडौं। पाकिस्तान सुपर लिग (पीएसएल) क्रिकेट प्रतियोगितामा नेपाली लेग स्पिनर सन्दीप लामिछानेको टिम लाहोर क्लन्दर्सले आज पेशावर जाल्मी सँग प्रतिस्पर्धा गर्दैछ।

दुबई स्थित शिख जायेद रंगशालामा नेपाली समय अनुसार ५ बजेर १५ मिनेटमा लाहोर र पेशावरबीच प्रतिस्पर्धा हुन लागेको हो।

आजको खेल लाहोरका लागि निकै महत्वपूर्ण छ। लिगको पाँचौ स्थानमा रहेको लाहोरलाई प्ले अफमा पुग्ने सम्भावनालाई बलियो बनाउनका लागि पनि आजको खेल जित्नै पर्ने हुन्छ।

पेशावर पनि लाहोरलाई पराजित गर्ने लक्ष्यमा छ। ८ खेल मध्ये पाँच खेलमा जीत र तीन खेलमा हार ब्यहोरेको पेशावरले १० अंक बनाउँदै लिगको दोस्रो स्थानमा छ।

सात खेल खेलेको लाहोरले तीन खेलमा जीत र एक खेलमा हार ब्यहोर्दै ६ अंक मात्रै बनाएको छ भने लिगको पाँचौ स्थानमा छ। सन्दीपले पाकिस्तान सुपर लिग क्रिकेटमा चार खेलबाट १० विकेट लिई सकेका छन्। एकपछि अर्को खेलमा राम्रो प्रदर्शन गर्दै आएका सन्दीपले आजको खेलमा कस्तो प्रदर्शन गर्लान्, प्रतिक्षाको विषय छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083