साफ च्याम्पियनसिप : श्रीलंकालाई पराजित गर्दै फाइनलको लक्ष्यमा नेपाल

3.72K
shares

काठमाडौं। नेपाली महिला टोलीले साफ च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा बुधबार आज श्रीलंकाविरुद्ध खेल्दै छ। विराटनगरको शहीद मैदानमा बिहान ११ बजेदेखि सुरु हुने खेल हुनेछ।

प्रतियोगितामा बलियो टोलीका रुपमा देखिएको नेपालले श्रीलंकामाथि सहज जितको खोजिमा रहेको छ। समूह चरणका दुवै खेलमा उत्कृष्ट प्रदर्शन गरेको नेपाल समूह विजेता बन्दै सेमिफाइनलमा पुगेको हो।

मंगलबार सेमिफाइनल खेलबारे बोल्दै नेपाली टोलीका मुख्य प्रशिक्षक हरि खड्काले श्रीलंकामाथि जित निकाल्दै टोली फाइनल पुग्ने बताएका छन्। त्यस्तै कप्तान निरु थापाले पनि विपक्षीमाथि टोली हावी हुँदै फाइनल पुग्ने बताए।

विपक्षी टोलीका लागि नेपालकी कप्तान निरु थापा, सावित्रा भण्डारी र मञ्जली योञ्जन लयमा देखिएका छन् । सेमिफाइनल खेल जित्दै फाइनल पुग्ने लक्ष्यमा रहेको नेपाली टोलीले घरेलु मैदानमा उपाधि उचाल्ने बताउँदै आएका छन्त्य। स्तै, आजै दिउँसो ३ बजे हुने अर्को खेलमा भारत र बंगलादेशले प्रतिस्पर्धा गर्दैछन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083