विश्वकप र ओलम्पीक खेल्न रसियालाई प्रतिबन्ध

5.63K
shares

काठमाडौं । विश्व डोपिङ एजेन्सी वडाले रसियालाई ठुलो खेल खेल्न प्रतिबन्ध लगाएको छ । सन २०१८ को विश्वकप आयोजक रसियालाई २०२२ को विश्वकप खेल्न रोक लगाएको छ ।

रसियालाई जापनमा हुने ओलम्पीक र पारोओलम्पीक तथा कतारमा हुने विश्वकप खेल खेल्न नदिने बताएको छ । रुसले वडाको निर्णय बिरुद्ध २१ दिनभित्रको कोर्ट अर्बिटेशन फर स्र्पाटस रुसमा अपिल गर्न सक्ने बताए ।

रुसी प्रधानमन्त्री दिमित्री मेदभेदले प्रतिबन्ध रुसविरोधीको हिस्सा भएको बताएका छन्। उनले भनेका छन्, ‘यो स्पष्ट छ कि रुसमा महत्वपुर्ण डोपिङ समस्या अझ पनि बाँकी छ।

मेरो मतलब हाम्रो खेल समुदायसँग हो, यसलाई अस्वीकार गर्न असम्भव छ।’ रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले रुससँग निर्णयको विरुद्व अपिल गर्ने आधार रहेको बताएका छन्।

स्विटजरल्याण्डमा बसेको वाडाको कार्यकारी समितिको बैठकले रसियालाई प्रतिबन्ध लगाउने विषयमा सर्वसम्मत निर्णय गरेको थियो।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083