पीपीएलको खेल तालिका सार्वजनिक
वि.सं.२०७६ मंसिर २५ बुधवार ०९:२८
5.95K
shares
shares

पोखरा । पोखरा प्रिमियर लिग (पीपीएल) टि–ट्वान्टी क्रिकेट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ । दोस्रो संस्करणको प्रतियोगिताका लागि आयोजक क्विन्स इभेन्ट्स म्यानेजमेन्ट प्रालीले बुधबार प्रतियोगिताको खेल तालिका सार्वजनिक गरेको हो ।
मंसिर २८ देखि पुस १२ सम्म पोखरा रंगशालामा चल्ने प्रतियोगिताको उद्घाटन खेलमा साविकको विजेता पोखरा पल्टनले काठमाडौं गोल्डेनसँग खेल्ने छ ।
सिंगल राउण्ड रोबिनको आधारमा सञ्चालन हुने प्रतियोगितामा ६ सहरका फ्रेन्चाइज टिमले सहभागिता जनाउने छन् । लिग चरण सकिँदा अंक तालिकाको शिर्ष स्थानमा रहने टिम फाइनल पुग्ने छन् ।



























