यी हुन् च्याम्पियन्स लिगको अन्तिम १६ मा पुग्ने टिमहरु

7.32K
shares

काठमाडौं । युरोपियन च्याम्पियनसिप लिगको अन्तिम १६ मा पुग्ने टिमको टुंगो लागेको छ । बुधबार समूह चरण अन्तर्गतका खेल सकिएसँगै नकआउट चरणमा पुग्ने टिमको टुंगो लागेको हो ।

लिगको अन्तिम १६ मा ईग्ल्याण्डका ४ टिम, स्पेनका ४ टिम पुग्न सफल भएका छन् ।

समूह ए बाट फ्रान्सेली क्लब समूह विजेता र रियल मड्रिड उपविजेता, समूह ‘बी’ बाट वायर्न म्युनिख विजेता र टोटनह्याम उपविजेता, समूह ‘सी’ बाट म्यानचेस्टर सिटी विजेता र एटलान्टा उपविजेता तथा समूह ‘डी’ बाट युभेन्ट्स विजेता र एट्लेटिको म्याड्रिड उपविजेताको रुपमा अन्तिम १६ मा पुगेका छन्।

यसैगरी समूह ई’ बाट लिभरपुल विजेता र नापोली उपविजेता, समूह ‘एफ’ बाट बार्सिलोना विजेता र बोरुसिया डर्टमुन्ड उपविजेता, समूह ‘जी’ बाट आरबी लेइपजिग विजेता र लियोन उपविजेता तथा समूह ‘एच’ बाट भ्यालेन्सिया विजेता र चेल्सी उपविजेता बनेर नकआउट चरणमा पुगेका छन्।

अब आगामी डिसेम्बर १६ मा नकआउट चरणको ड्र हुनेछन्। त्यसपछि मार्च १८ मा अन्तिम १६ का खेल सकिनेछन्।