लिभरपुलको लज्जास्पद हार

२०७६ पुस २ बुधवार
1K
shares
काठमाडौं । इङरलिस क्लब लिभरपुलले लिग फुटबलमा एस्टन भिल्लासँग लज्जास्पद हार व्यहोरेको छ । मङ्गलबार भएको खेलमा लिभरपुल एस्टन भिल्लासँग ५-० ले पराजित भएको हो ।
हाल क्लब विश्वकपको तयारीमा रहेको लिभरपुलले यस खेलमा बी टिमलाई खेलाएको थियो । एस्टन भिल्लाको जितमा जोनाथन कोदजियाले दुई तथा कोनोर र वेस्लीले एक–एक गोल गरे । अर्को गोल लिभरपुलबाट उपहार पाएको थियो ।
पहिलो हाफमै चार गोल गरेको एस्टल भिल्लाका लागि १४ औँ मिनेटमा कोनोरले खाता खोले । १७ औँ मिनेटमा लिभरपुलका मोर्गान बोयसको आत्मघाती गोल गरे । ३७ औँ र ४५ औँ मिनेटमा जोनाथनले गोल गर्दै एस्टन भिल्लालाई थप बलियो बनाए । ९० औँ मिनेटमा वेस्लीले गोल गर्दै टोलीलाई फराकिलो जित दिलाए ।
हारसँगै लिभरपुल क्वार्टरफाइनलबाटै बाहिरिएको छ ।

२०७६ पुस २ बुधवार