काठमाडौंको तापक्रम यो वर्षकै कम, चिसो अझै बढ्ने

२०७६ पुस २ बुधवार
1.1K
shares
काठमाडौं । काठमाडौं उपत्यकाको न्युनतम तापक्रम ३.७ डिग्री सेल्सियसमा झरेको छ । यो तापक्रम यस वर्षकै कम हो । यसअघि ५ डिग्री सम्म मापन गरिएको थियो ।
बुधबार बिहान साढे ६ बजे न्यूनतम तापक्रम ३.७ डिग्री मापन गरिएको हो । काठमाडौं उपत्यकासहित देशभर चिसो बढ्दै गएको छ र तापक्रम अझै घट्ने मौसमविद वरुण पौडेलले बताए ।
तराई–मधेसका जिल्लाहरुमा पनि चिसो ह्वात्तै बढेको छ । ती जिल्लाका अधिकांश क्षेत्रमा बाक्लो हुस्सु–कुहिरो लागेको छ । साथै मध्य र पश्चिमी पहाडी भूभाग तथा काठमाडौं उपत्यकाका केही स्थानहरूमा समेत सामान्य हुस्सु कुहिरो लागेको मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

२०७६ पुस २ बुधवार