पोखरामाथि बुटवलको आठ विकेटको जित

Nepal Life Insurance Long Ad

कास्की। दोस्रो संस्करणको नमस्ते पोखरा प्रिमियर लिग (पिपीएल) टी-२० क्रिकेट प्रतियोगिताअन्तर्गत आजको पहिलो खेलमा बुटवल ब्लास्टर्सले अघिल्लो संस्करणको विजेता पोखरा पल्टनलाई आठ विकेटले पराजित गरेको छ ।

पोखरा रङ्गशालास्थित क्रिकेट मैदानमा टस हारेपछि पहिला ब्याटिङ शुरु गरेको पोखराले पूरै ओभर खेल्दै पाँच विकेटको क्षतिमा १२१ रनको योगफल बनाएको थियो । प्रतियोगितामा आफ्नो दोस्रो जितको खोजीमा रहेको बुटवल पोखराले दिएको १२२ रनको विजयी लक्ष्य १४ ओभरमा मात्र दुई विकेटको नोक्सानीमा भेट्टायो । प्रतियोगितामा चार खेल खेलिसकेको पोखराले एक खेलमात्र जित हासिल गरेको छ भने तीनमा पराजित भएसँगै अघिल्लो चरण पुग्नका लागि थप दबाबमा आएको छ ।

अब पोखराले ‘प्लेअफ’ खेल्नका लागि बाँकी एक खेल जितेर मात्र पुग्दैन अरु टोलीको नतिजामा समेत भर पर्नुपर्ने बाध्यता छ । शुरुआती ब्याटस्म्यान अफ्ताबुद्दिन अहमद र शङ्कर रानाले पहिलो विकेटका लागि ८७ रनको उत्कृष्ट साझेदारी गर्नुभएपछि बुटवलले खेलमा सुखद शुरुआत गरेको थियो । आफ्नो अर्धशतक पूरा गर्ने क्रममा रसिद खानको बलमा ‘क्याच आउट’ हुनुअघि खेलका ‘म्यान अफ दी म्याच’ अहमदले ४६ बलमा १२ चौका र दुई छक्कासहित ७५ रन जोडे । जितसँगै बुटवलले चितवन राइनोजसँग समान चार अङ्क बराबरी गरेको छ ।

यद्यपि चितवनले एक खेल कम खेलेको छ भने अन्य टोलीको समान दुई अङ्क रहेको छ । पहिलो ओभरको दोस्रो बलमा शुरुआती ब्याटस्म्यान कशुल भुर्तेल रनको खाता नै नखोलेर बाहिरिएपछि घरेलु टोली पोखरा दबाबमा आएको थियो । भुर्तेललाई ललित भण्डारीले एलबीडब्लु आउट गरेका थिए । पोखराका लागि रविइन्दर सिंहले ४२ बलमा दुई चौका र दुई छक्का सहित ४५ रनमा अविजित रहदै टोलीका लागि मध्यमस्तरको लक्ष्य प्रस्तुत गरे ।

त्यस्तै प्रथमेश ढाके २० बलमा एक चौका र एक छक्कासहित २० रनमा अविजित रहे भने रोहित पौडेलले १८ बलमा एक चौरा एक छक्कासहित १९ रन जोडे । बुटवलका हर्ष टङ्कले आफ्नो चार ओभर बलिङमा जम्मा १० रन खर्चिएर दुई विकेट लिए भने शिवम सिंह, ललितसिंह भण्डारी र नितेश थापाले समान एक-एक विकेट लिएका थिए ।


“४२ औं आई.जी.पी. रनीङ शिल्ड फुटबल प्रतियोगिता-२०८१” को समुद्घाटन कार्यक्रम सम्पन्न

“४२ औं आई.जी.पी. रनीङ शिल्ड फुटबल प्रतियोगिता-२०८१” को समुद्घाटन कार्यक्रम सम्पन्न

२०८१ पुस ७ आइतवार

काठमाडौ । “४२ औं आई.जी.पी. रनीङ शिल्ड फुटबल प्रतियोगिता-२०८१” को...

३० औ अन्तरमाध्यमिक विद्यालय आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न

३० औ अन्तरमाध्यमिक विद्यालय आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न

२०८१ पुस ५ शुक्रवार

काठमाडौँ । प्रहरी महानिरीक्षक आइजीपी बसन्तबहादुर कुँवरले खेलकुदले विद्यार्थीहरूको प्रतिभालाई...

माओवादी केन्द्र विशेष शाखा १ नम्बर प्रदेश समितिद्वारा हेन्डबलका राष्ट्रिय खेलाडीहरुलाई खेल सामग्री हस्तान्तरण

माओवादी केन्द्र विशेष शाखा १ नम्बर प्रदेश समितिद्वारा हेन्डबलका राष्ट्रिय खेलाडीहरुलाई खेल सामग्री हस्तान्तरण

२०८१ पुस १ सोमवार

काठमाडौ । नेकपा माओवादी केन्द्रका केन्द्रीय YCL का इन्चार्ज राम...

एआइजी टेकप्रसाद राईको प्रमुख आतिथ्यतामा ३०औ IGP Football Running Trophy को उद्घाटन समारोह सम्पन्न

एआइजी टेकप्रसाद राईको प्रमुख आतिथ्यतामा ३०औ IGP Football Running Trophy को उद्घाटन समारोह सम्पन्न

२०८१ मंसिर १८ मंगलवार

काठमाडौ ।  नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईको...

ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टिआइए)को आयोजनामा टिआइए कप बास्केटबल सोमबारदेखि हुने

ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टिआइए)को आयोजनामा टिआइए कप बास्केटबल सोमबारदेखि हुने

२०८१ कात्तिक २३ शुक्रवार

काठमाडौं । ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टिआइए)को आयोजनामा टिआइए कप अन्तरविद्यालय...

नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकाेटालाई एसिया रग्बी अवार्ड

नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकाेटालाई एसिया रग्बी अवार्ड

२०८१ कात्तिक २३ शुक्रवार

काठमाडौं। नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटा एसिया रग्बी अवार्ड...