पिपीएल : धनगढी र पोखरा बाहिरिए

Nepal Life Insurance Long Ad

कास्की । कास्कीको पर्यटकीय नगरी पोखरामा जारी पोखरा प्रिमियर लिग क्रिकेटको दोस्रो संस्करणमा धनगढी एक्सपर्ट र पोखरा राइनोज प्रतियोगिताबाट बाहिरिएको छ ।

पोखराले पाँच खेलमा एउटामा मात्र जित हात पा-यो । अङ्क तालिकाको पुछारमा रह्यो । धनगढीले दुई खेलमा जित निकाले पनि अङ्क तालिकाको चौथो स्थानमा रहेसँगै प्रतियोगिताबाटै बाहिरिएको छ ।

पहिलो स्थानमा रहेको चितवन राइनोज र तेस्रो स्थानमा रहेको काठमाडौँ गोल्डेन्सले आज लिग चरणको आफ्नो अन्तिम खेल खेल्दैछन् । चितवन अहिलेसम्म अपराजित रहेको छ । आठ अङ्कसहित शीर्षस्थानमा छ । पारस खड्का नेतृत्वको चितवनको ध्यान फाइनल खेल्नेमा मात्र छ ।

ज्ञानेन्द्र मल्लले नेतृत्व गरेको काठमाडौँ विजयी भए उसको प्लेअफमा पुग्ने सम्भावना जीवितै रहनेछ । पराजित भयो भने विराटनगर र बुटवलबीचको खेलको नतिजा कुर्नुपर्ने छ । प्रतियोगिताको शीर्षटोलीले उपाधि जित्नका लागि शनिबार खेल्नेछ । दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि बिहीबार इलिमिनेटर खेल खेल्नेछ ।

पोखरा प्रिमियर लिगको उपाधि विजेता टालीले रु २७ लाख पुरस्कार पाउनेछ । उपविजेताले रु १० लाख प्राप्त गर्नेछ । क्विन्स इभेन्ट म्यानेजमेन्ट प्रालिको आयोजनामा शुरु भएको प्रतियोगिता पुस १२ गते सकिनेछ । प्रतियोगितमा विराटनगर टाइटन्स, पोखरा पल्टन, बुटवल ब्लास्टर्स, चितवन राइनोज, काठमाडौँ गोल्डेन्स वारीयर्स र धनगढी एक्सपर्ट खेलिरहेका छन् ।

प्रतियोगिताको म्यान अफ दि सिरिज, उत्कृष्ट ब्याट्म्यान र उत्कृष्ट बलरले टिभिएस मोटरसाइकल पाउनेछन् । यस्तै मोस्ट भ्यालुएवल खेलाडीले रु एक लाख तथा उदीयमान खेलाडीले रु ५० हजार पुरस्कार पाउनेछन् ।


“४२ औं आई.जी.पी. रनीङ शिल्ड फुटबल प्रतियोगिता-२०८१” को समुद्घाटन कार्यक्रम सम्पन्न

“४२ औं आई.जी.पी. रनीङ शिल्ड फुटबल प्रतियोगिता-२०८१” को समुद्घाटन कार्यक्रम सम्पन्न

२०८१ पुस ७ आइतवार

काठमाडौ । “४२ औं आई.जी.पी. रनीङ शिल्ड फुटबल प्रतियोगिता-२०८१” को...

३० औ अन्तरमाध्यमिक विद्यालय आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न

३० औ अन्तरमाध्यमिक विद्यालय आइजीपी रनिङ ट्रफी फुटबल प्रतियोगिता कार्यक्रम सम्पन्न

२०८१ पुस ५ शुक्रवार

काठमाडौँ । प्रहरी महानिरीक्षक आइजीपी बसन्तबहादुर कुँवरले खेलकुदले विद्यार्थीहरूको प्रतिभालाई...

माओवादी केन्द्र विशेष शाखा १ नम्बर प्रदेश समितिद्वारा हेन्डबलका राष्ट्रिय खेलाडीहरुलाई खेल सामग्री हस्तान्तरण

माओवादी केन्द्र विशेष शाखा १ नम्बर प्रदेश समितिद्वारा हेन्डबलका राष्ट्रिय खेलाडीहरुलाई खेल सामग्री हस्तान्तरण

२०८१ पुस १ सोमवार

काठमाडौ । नेकपा माओवादी केन्द्रका केन्द्रीय YCL का इन्चार्ज राम...

एआइजी टेकप्रसाद राईको प्रमुख आतिथ्यतामा ३०औ IGP Football Running Trophy को उद्घाटन समारोह सम्पन्न

एआइजी टेकप्रसाद राईको प्रमुख आतिथ्यतामा ३०औ IGP Football Running Trophy को उद्घाटन समारोह सम्पन्न

२०८१ मंसिर १८ मंगलवार

काठमाडौ ।  नेपाल प्रहरीका प्रहरी अतिरिक्त महानिरीक्षक टेक प्रसाद राईको...

ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टिआइए)को आयोजनामा टिआइए कप बास्केटबल सोमबारदेखि हुने

ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टिआइए)को आयोजनामा टिआइए कप बास्केटबल सोमबारदेखि हुने

२०८१ कात्तिक २३ शुक्रवार

काठमाडौं । ठुङ्गरम इन्टरनेसनल एकेडेमी (टिआइए)को आयोजनामा टिआइए कप अन्तरविद्यालय...

नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकाेटालाई एसिया रग्बी अवार्ड

नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकाेटालाई एसिया रग्बी अवार्ड

२०८१ कात्तिक २३ शुक्रवार

काठमाडौं। नेपाल रग्बी संघका अध्यक्ष दीपक देवकोटा एसिया रग्बी अवार्ड...