म्यान्चेष्टर सिटी विजयी

२०७६ पुस १४ सोमवार
1.2K
shares
एजेन्सी। जारी इंग्लिस प्रिमियर लिग फुटबलमा म्यान्चेष्टर सिटी विजयी भएको छ । आइतवार राति भएको खेलमा सेफिल्ड युनाईटेडलाई पराजित गर्दै सिटीले दोस्रो स्थानको लेस्टरसंगको दूरी १ अंकमा झारेको हो ।
घरेलु मैदान इत्तेहाद रंगशालामा भएको खेलमा सिटीले सेफिल्ड युनाईटेडलाई २-० ले हराएको हो । सिटीको जितमा सर्जियो अग्युरो र केभिन डी ब्रुईनाले एक एक गोल गरे ।
अग्युरोले ५२ औं मिनेटमा गोल गरेका थिए भने ब्रुईनीले ८२ औं मिनेटमा सिटीलाई २-० को अग्रता दिलाएका थिए । जितसंगै लिगको तेस्रो स्थानको सिटीले ४१ अंक जोडेको छ । सिटी शीर्ष स्थानको लिभरपुल भन्दा १४ अंकले पछाडी छ । सिटीले दोस्रो स्थानको लेस्टरसंगको दुरी १ अंकमा झारेको छ ।

२०७६ पुस १४ सोमवार