कोरोनाका कारण रोकिएको बुन्डेस लिगा शनिबारदेखि
वि.सं.२०७७ जेठ २ शुक्रवार ११:०४
shares

काठमाडौं ।
कोरोना भाइरस संक्रमणका कारण रोकिएको जर्मनीको शीर्ष डिभिजन लिग बुन्डेस लिगा शनिबारदेखि शुरु हुँदैछ ।
बल लिग (डिएफएल)ले कोरोना भाइरस महामारी पश्चात शनिबार शुरु हुने बुन्डेसलिगाका खेलमा क्लबले एक खेलमा बढीमा ५ जना खेलाडी परिवर्तन गर्न पाउने नयाँ नियम लागू गर्ने निर्णय गरेको छ ।
कोरोना भाइरस महामारीका कारण खेलाडीमा परेको अथवा पर्न सक्ने तनाव कम गर्न अन्तराष्ट्रिय फुटबल एशोसिएसन बोर्ड (आईएफएबी) ले फुटबलमा केही समयका लागि एक खेलमा टिमले ५ जना खेलाडी परिवर्तन गर्न पाउने नियम पारित गरेको थियो । यसअघि एउटा टिम एक खेलमा तीनजना मात्र खेलाडी परिवर्तन गर्न पाउने नियम थियो ।
कोरोना भाइरसका कारण रोकिएको बुन्डेस लिगाको खेल बिना दर्शक दुई महिना पश्चात शनिबारबाट शुरु हँुदैछ । बुन्डेस लिगा युरोपका ठूला लिगमा सुचारु हुने पहिलो लिग हुने भएको छ । बुन्डेस लिगको दोश्रो डिभिजनको लिग पनि मे महिनामा शुरु हुनेछ ।
डिएफएलले ५ जना खेलाडी परिवर्तन गर्न पाउने भएपनि एक पटकमा दुई जना भन्दा बढी खेलाडी परिवर्तन गर्न नपाइने स्पष्ट पारेको छ । बुन्डेस लिगाको दुई डिभिजनका ३६ कलबले सम्भव भएसम्म लिग समापन गर्नेमा सहमति जनाएका थिए ।






















