एन्फाद्वारा काेराेना राहत काेषका लागि १८ लाख निकास

5.49K
shares

काठमाडाैं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले कोरोना भाइरस राहत कोषका लागि १८ लाख रुपैयाँ निकासा गरेको छ । एन्फाले आफ्नो माहतहमा रहेका जिल्ला फुटबल संघ र क्लबका लागि उक्त रकम कोरोना राहत कोषका लागि निकासा गरेको जनाएको छ ।

बाह्र जिल्ला संघ र बाह्र क्लबबाट प्राप्त फारामको समीक्षापछि एन्फाले उक्त रकम मंगलबार निकासा गरेको हो । यसअघि जेठ १९ गते बसको एन्फा बैटकले प्रत्येक जिल्ला संघ र क्लबलाई ७५ हजारका दरले दिने निर्णय गरेको थियो ।

एन्फाले बाँकी सबै क्लब र जिल्ला संघलाई राहत कोष दाबी गर्न आफ्नो सम्पत्ति फाराम प्रस्तुत गर्न पुनः अनुरोध गरेको छ । जारी गरिएको कोष फिफाले आफ्ना सबै सदस्य संघलाई परिचालन गरेको रकम हो । जुन कोरोना भाइरस महामारीले प्रभावित आर्थिक समस्याहरू सम्बोधन गर्न मद्दत गर्नेछ ।

 


divya collage
unigloble collage