दोस्रो डिभिजनको टोलीसँग बायर्न पराजित, जर्मन कपबाट बाहिरियो

7.31K
shares

काठमाडौँ । जर्मन बुन्डेसलिगाको शीर्षस्थानमा रहेको बायर्न म्युनिख जर्मन कपबाट बाहिरीएको छ । गएराति भएको खेलमा दोस्रो श्रेणीको होल्सटिन किइलसँग पेनाल्टी सुटआउटमा ६–५ ले पराजित हुँदै बायर्न बाहिरिएको हो ।

खेलको १४औं मिनेटमा सर्ज जिनाब्रीको गोलबाट पाहुना टोली बायर्नले सुरुवाती अग्रता लिएको थियो । ३७औं मिनेटमा होल्सटिनका फिन बार्टेल्सले गोल गर्दै पहिलो हाफमा १–१ गोलको बराबरीमा ल्याए ।

४७औं मिनेटमा सानेले गोल गर्दै बायर्नलाई २–१ को अग्रता दिलाए । तर, ९०औं मिनेटमा हउके वालले गोल गर्दै होल्सटिनलाई पुनः बराबरीमा ल्याए । थप गरिएको समयमा पनि गोल हुन नसेकपछि खेल पेनाल्टी सुटआउटतर्फ गएको थियो ।

पेनाल्टीमा होल्सटिनका हाउके वाल, एहमेट अर्सलान, जानी सेर्रा, जाई सुङ सिल, निकलस हउप्टमन र फिन बार्टेल्सले गोल गरे । बायर्नका रोबर्ट लेवान्डोस्की, योसुवा किम्मिख, थोमस मुलर, डेभिड अलवा र डुगलस कोस्टाले गोल गरे तर, मार्क रोकाले भने गोल गर्न सकेनन् ।

१२ वर्षमा पहिलो पटक बायर्न प्रतियोगितामा सेमिफाइनलमा पुग्न असफल बनेको हो । बायर्न सन् २००४ मा दोस्रो डिभिजनका टोली अलेमानियासँग २–१ ले पराजित भएको थियो ।


divya collage
unigloble collage