विश्वकप छनोट : दुई पटकको विश्वविजेता वेस्ट इन्डिज र आयोजक जिम्बावेको समूहमा नेपाल

3.81K
shares

काठमाडौं । जिम्बावेमा आगामी महिना हुने आइसिसी क्रिकेट विश्वकप छनोट प्रतियोगिताको खेल तालिका सार्वजनिक भएको छ।

आइसीसीले मंगलबार सार्वजनिक गरेको खेल तालिका अनुसार नेपाल समूह ‘ए’ मा परेको छ । सो समूहमा नेपालसहित दुई पटकको विश्व विजेता वेस्ट इन्डिज, आयोजक जिम्बावे, नेदरल्यान्ड्स र अमेरिका छन्।

प्रतियोगिता १८ जुन देखि ९ जुलाई सम्म जिम्बावेमा हुनेछ । नेपालको पहिलो खेल आयोजक जिम्बावेसँग १८ जुन अर्थात् असार ३ मा हुनेछ ।

दोस्रो खेल असार ५ मा अमेरिकासँग खेल्ने नेपालको तेस्रो खेल वेस्ट इन्डिजसँग असार ७ मा रहेको छ । नेपालले समूह चरणको अन्तिम खेलमा नेदरल्यान्ड्ससँग असार ९ मा खेल्नेछ ।

समूह ‘बी’ मा श्रीलंका, आयरल्यान्ड, स्कटल्यान्ड, ओमान र युएई रहेका छन्।

यदि समूह चरणमा शीर्ष तीनमा पर्न सके नेपालले सुपर सिक्समा स्थान बनाउनेछन् ।  सुपर सिक्समा एक समूहका टोलीले अर्को समूहका टोलीसँग प्रतिस्पर्धा गर्ने छन् ।

सुपर सिक्सको शीर्ष दुईमा रहने टोली अक्टोबरमा भारतमा आयोजना हुने आइसीसी एकदिवसीय विश्वकपमा छनोट हुनेछ ।

प्रतियोगिताका लागि नेपाल क्रिकेट सङ्घ (क्यान)ले सोमबार २२ सदस्यीय प्रारम्भिक टोलीको घोषणा गरेको छ । टोलीमा कप्तान रोहितकुमार पौडेल, कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, आरिफ शेख, दीपेन्द्रसिहं ऐरी, गुल्सन झा, सोमपाल कामी, करण केसी, सन्दीप लामिछाने, भीम सार्की, प्रतिश जिसी, ललितनारायण राजवंशी, अर्जुन साउद, सन्दीप जोरा, देव खनाल, किशोर महतो, सूर्य तामाङ, कमलसिंह ऐरी, श्याम ढकाल र कुशल मल्ल छन् ।

May be an image of 1 person and text


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083