नेपाल मलेसियासँग पराजित

3.85K
shares

काठमाडौं । मलेसियाले पहिलो टी-ट्वान्टी अन्तराष्ट्रियमा नेपाललाई पराजित गरेको छ ।

मलेसियाको बाग्नीमा भएको खेलमा नेपालले दिएको ५१ रनको लक्ष्य मलेसियाले १३.२ ओभरमा ५ विकेट गुमाउँदै पूरा गर्यो ।

मलेसियाको जितमा ओपनर वान जुलिया वान मोहम्मद रोस्दीले २२ बलमा २ चौकासहित १३ रनको योगदान दिइन् । आइना हामिजाह हशिम १५ बलमा २ चौकासहित १२ रनमा नट आउट रहिन् ।

नेपालका लागि रुविना क्षेत्री सीता राना मगरले समान २-२ विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नेपाल १६ दशमलब ५ ओभरमा ५० रन बनाउँदै अलआउट भयो ।


divya collage
unigloble collage