बार्सिलोना लिगको अन्तिम खेलमा पराजित

4.23K
shares

काठमाडौं । युरोपका लिगहरुमा च्याम्पियन भईसकेको क्लबहरू अन्तिम खेलमा पराजय हुने क्रम रोकिएको छैन ।

इंगलिस प्रिमियम लिगमा म्यानचेस्टर, ला लिगामा पिएसजी अन्तिम खेलमा पराजय भइसकेकाे बेला स्पेनिस ला लिगाको च्याम्पियन बार्सिलोना पनि लिगको अन्तिम खेलमा पराजित हुन पुगेको छ ।

आइतवार राती एवान्का वालाइडोस भिगोमामा भएको खेलमा घरेलु टोली सेल्टा डि भिगोसँग बार्र्सिलोना २–१ ले पराजित हुन पुगेको हो ।

आइतबार रातिको खेलको ११औं मिनेटमा फ्रान्क केस्सीले गोल गरेपनि मान्यता पाउन नसके पछि सुरुवाती अग्रता लिन बार्सिलोनाका असफल भइरहेको बेला ४२औं मिनेटमा गाब्रिएल भेइगाले गोल गर्दै भिगोलाई १–० को अग्रता दिलाए । त्यसपछि पहिलो हाफमा कुनै पक्षवाट पनि गोल हुन सकेन ।

उता, दोस्रो हाफको ६५औं मिनेटमा घरेलु टोलीका गाब्रिएलले पुन अर्को गोल थपे पछि बार्सिलोना साे खेलमा २–० ले पछि पर्यो भने घरेलु टोलीको दबाबमा परेको बार्सिलोनाका ७९औं मिनेटमा अन्सु फातीले गोल फर्काए पछि खेल २–१ को अवस्थामा त आईपुग्यो । तर, त्यसपछि दुवै पक्षवाट गोल हुन नसके पछि घरेलु टोलीवाट लिगको अन्तिम खेलमा बार्सिलोना पराजित हुन पुग्यो ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083