बेन्जेमा अल इत्तिहादसँग अनुबन्ध

Nepal Life Insurance Long Ad

काठमाडौं । फ्रान्सका फरवार्ड करिम बेन्जिमा साउदी अरेबियाको प्रो लिग क्लब अल इतिहादमा अनुबन्धित भएका छन् ।

बालोन डी’ओर विजेता करिम बेन्जेमाले रियल म्याड्रिडमा १४ वर्षको बसाईलाई बिट मार्दै साउदी अरेबियाको च्याम्पियन अल–इतिहादसँग ३ वर्षको सम्झौता गरेका हुन् । उनले अल इत्तिहादमा पनि नौ नम्बरकै जर्सी लगाउने भएका छन् ।

अल इतिहाद साउदी प्रो लिगको च्याम्पियन टोली हो । उनी मोटो रकममा अल इतिहादमा अनुबन्धित भएको बुझिएको छ ।

“फरक देशमा नयाँ फुटबल लिगको अनुभव गर्न पाउँदा उत्साहित छु । आफ्नो करियरमा अद्भभूत चिजहरू हासिल गर्नुका साथै स्पेन र युरोपमा मैले गर्न सक्ने सबै कुराहरू हासिल गर्न सकेकोमा आफूलाई भाग्यमानी ठानेको छु,’’ बेन्जेमाले भने ।

बेन्जिमा सन् २००९ मा लियोनबाट रियल आएका थिए । बेन्जिमाले रियलबाट पाँच च्याम्पियन्स लिग र चार ला लिगा उपाधि जितेका छन् ।

बेन्जिमाले रियलका लागि मुख्य २५ उपाधि जितेका छन् । बेन्जिमाले रियलका ६ सय ४८ खेल खेलेका छन् ।

२४ जेठ २०८०, बुधवार ११:४६ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु