जिम्बावे विरूद्ध कुशलको अर्धशतक

4.12K
shares

काठमाडौं । आइसिसी एकदिवसीय क्रिकेट विश्वकप छनोट प्रतियोगितामा नेपालका ओपनर कुशल भुर्तेलले घरेलु टिम जिम्बावेविरूद्ध अर्धशतक प्रहार गरेका छन्।

हरारे स्पोर्ट्स क्लबमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको नेपालका लागि ओपनर कुशलले ६३ बलमा अर्धशतक प्रहार गरेका हुन् । ब्याटिङमा कुशललाई साथ दिइरहेका आसिफ शेख २९ रनमा खेलिरहेका छन् ।

भुर्तेल एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा टेस्ट राष्ट्रविरुद्ध अर्धशतक बनाउने पहिलो ब्याटर पनि बनेका छन् ।


divya collage
unigloble collage