टाइब्रेकरमा जित्यो नेपालले बंगलादेशसँगको मैत्रीपूर्ण महिला फुटबल

4.08K
shares

काठमाडौं । बंगलादेशसँगको मैत्रीपूर्ण महिला फुटबल शृंखला नेपालले जितेको छ । दोश्रो तथा अन्तिम मैत्रीपूर्ण खेलमा घरेलु टोलीलाई टाइब्रेकरमा पछि पार्दै नेपाल विजयी भएको हो ।

पहिलो खेल १-१ को बराबरी खेलेका नेपाल र बंगलादेशले दोश्रो खेलको निर्धारित समय गोलरहित बराबरीमा टुंग्याएका थिए ।

त्यसपछि खेलको विजेता छान्न ढाकाको कमलपुरस्थित विरश्रेष्ठ शहिद सिपाही मोहम्मद मुस्तफा कमल स्टेडियममा टाइब्रेकर गरिएको थियो । जसमा नेपाल ४–२ ले विजयी भयो ।

टाइब्रेकरमा नेपालकी सावित्रा भण्डारी, हिरा भुजेल, दिपा शाही, अनिता केसीको प्रहारले पोष्टको जाली चुम्यो । अञ्जना राना मगरको प्रहार बारमा लाग्दै बाहिरियो ।

बंगलादेशकी साम्सुनार र मोनिका चक्माको प्रहारले पोष्टको जाली चुम्दा मारिया मण्डा, सेइली अजिमको प्रहार गोलरक्षक अञ्जना रानामगरले बचाएकी थिइन् ।


divya collage
unigloble collage