यू–१९ एसियाकपमा नेपाल अफगानिस्तानसँग पराजित

Nepal Life Insurance Long Ad

काठमाडौं । यू–१९ एसियाकपमा नेपाल अफगानिस्तानसँग ७३ रनले पराजित भएको छ ।

नेपालका लागि अर्जुन कुमालले सर्वाधिक ९१ रन बनाए पनि टिमलाई जिताउन सकेनन् । अर्जुनले १०८ बल खेल्दा १३ चौकाको मद्दतमा ९१ रन बनाए पनि लगातर विकेट जाँदा नेपाल ४०।१ ओभरमा अलआउट भयो ।

कुमालले नेपालका सबै ब्याट्सम्यानसँग साझेदारी गरे । तर कसैले पनि बलियो साथ दिन सकेनन् ।

२६२ रनको लक्ष्य पछ्याएको नेपालका लागि कप्तान देव खनालले २४, गुल्सन झाले १७, दीपक बोहराले १५ र दिपेश कँडेलले ११ रन जोडे ।

टस हारेर पहिले ब्याटिङ गरेको अफगानिस्तानका लगि अस्मिद जर्दानले शतकीय पारी खेलेका थिए । विकेट किपर नुमान शाह आगाले विस्फोटक ६० रन जोडेका थिए ।

नेपालका हेमन्त धामी, गुल्सन झा र सुवास भण्डरीले दुईरदुई विकेट लिएका थिए भने आकाश चन्द र दिपेश कँडेलले एकरएक विकेट लिएका थिए ।

एसियाकपमा नेपालको यो दोस्रो हार हो । यसअघि शुक्रबार पाकिस्तानसँग नेपाल पराजित भएको थियो ।

२४ मंसिर २०८०, आइतवार १८:४३ बजे प्रकाशित

प्रतिक्रिया दिनुहोस्

सम्बन्धित शीर्षकहरु