सन्दीप आवद्ध टिम पञ्जाब झिनो रनले पराजित
वि.सं.२०७५ वैशाख ११ मंगलवार १३:०९
shares

इन्डियन प्रिमियर लिग आईपीएल
काठमाडौं । इन्डियन प्रिमियर लिगआईपीएलको सोमबार रातिको खेलमा नेपालका सन्दीप लामछाने आवद्ध टिम दिल्ली डेयरडेभिल्स, किंग्स ११ पञ्जाब सँग ४ रनको झिनो अन्तरले पराजित भएको छ ।यस सिजनका अघिल्ला ५ खेल लगातार बाहिरी मैदानमा खेलेको दिल्लीले घरेलु ुफेरोज शाह कोटलाु मैदान दिल्लीमा खेलेको पहिलो खेलमा पनि पराजित भई खराब प्रदर्शन जारी राखेको हो ।
बलहरु हावी भएको खेलमा टस जितेर दिल्लीले पहिले बलिङ राजेको थियो । पहिले ब्याटिङ गरेको पञ्जाबले २० ओभरमा ८ विकेट गुमाएर १४३ रन मात्रै बनाउन सक्यो । पञ्जाबका लागि करुण नायरले सर्वाधिक ३४ रन बनाए डेभिड मिलरले २६ र लोकेश राहुलले २३ रन बनाए । पञ्जाबका आक्रामक ब्याट्सम्यान क्रिस गेल भने सोमबारको खेलमा टोलीमा थिएनन् ।दिल्लीको घरेलु मैदान स्पीनर अनुकूल भएकाले सोमबारको खेलमा सन्दीप लामिछानेले खेल्ने मौका पाउन सक्ने भन्दै चर्चा भएपनि उनलाई मैदानमा उतारिएन ।
































