तस्करी र कालो बजारी लाई जरै देखि उखाल्छौ : गृह मन्त्री बादल

5.75K
shares

भैरहवा । गृह मन्त्री राम बहादुर थापा बादलले मुलुक र जनताको शान्ति सुरक्षाका लागी सरकाले कुनै कसर बाकी नराख्ने बताएका छन् ।

शुक्रबार लुम्बिनी प्रेस क्लबले गौतम बुद्ध विमानस्थल भैरहवामा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रमा बोल्दै गृह मन्त्रि थापाले मुलुकको शुसासनका लागी सरकार दृढतापूर्वको लागेको उल्लेख गर्दै शान्ति सुब्यबस्था कायम राख्न सरकारले कुनै बाकी नराख्ने दाबी गरे ।

“ तस्करी र कालो बजारीले मुलुकको अर्थतन्त्र तहस नहस हुने भएकाले तस्करी लाई जरै देखि उखाल्छौ ” गृह मन्त्री थापाले भने “ ३३ किलो सुन तस्करीका बारेमा अनुसन्धान भई रहेको छ दोषी जो कोही भए पनि छाडदैनौ ”। उनले लागु औषध कारोबार र घरेलु हिंसा बढेको चर्चा गर्दै त्यसका बिरुद्ध सरकारले चाडै ठोस कदम चाल्ने बताए । देशमा शान्ति सुरक्षा र अपराध नियन्त्रयण गर्न ७ वटै प्रदेशमा प्रदेश स्तरिय कार्ययोजना बनाएर सरकार अघि बढन थालेको उल्लेख गर्दै गृह मन्त्री थापाले मुलुक संघीयतामा गैसकेकाले सुरक्षा निकायमा देखिएको अन्यौलता चाडै अन्त्य हुने दाबी गरे ।

माओबादी केन्द्रका महासचिव समेत रहेका गृह मन्त्री थापाले एमाले र माओबादी केन्द्र बिच चाडै नै एकता हुने दाबी गर्दै एकताको मिति केही दिनमै तय हुने समेत बताए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083