लुम्बिनी पुगेर मनाए प्रधानमन्त्री ओलीले बुद्धजयन्ती

6.51K
shares

लुम्बिनी। प्रधानमन्त्री केपी शर्मा ओली २५६२ औं बुद्धजयन्तीको अवसरमा लुम्बिनी विकास कोषले सोमबार बिहान आयोजना गरेको शान्ति र्‍यालीमा सहभागी भएका छन्।

प्रधानमन्त्री ओली २० मिनेट शान्ति र्‍यालीमा सहभागी हुदै

लुम्बिनी बाट सुरु भएको शान्ति र्‍यालीमा करिब २० मिनेट प्रधानमन्त्री सहभागी भएका हुन्। र्‍यालीमा प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, पूर्वसांसद राजन भट्टराई लगायत सहभागी थिए। त्यस अघि प्रधानमन्त्रीले मायादेवी स्थित मायादेवी मन्दिर, अशोक स्तम्भ, लिटिल बुद्ध र शान्तिद्वीपको अवलोकन समेत गरेका थिए। आइतबार अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा सहभागी हुन लुम्बिनी पुगेका पुगेका थिए।


divya collage
unigloble collage