प्रधानमन्त्री र उर्जामन्त्रीको जलविद्युत आयोजना समयमै काम सम्पन्न गर्न निर्देशन

6.98K
shares

दोलखा । प्रधानमन्त्री केपी शर्मा ओलीले निर्माणाधीन तामाकोशीको जलविद्युत आयोजनाको निरीक्षण तथा अनुगमन गरेका छन्। उनले त्यहाँ पुगेर आयोजना निर्माण समयमै सम्पन्न गर्न निर्देशन समेत दिएका हुन् । प्रधानमन्त्रीको साथमा उर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुन र नेपालका लागि चिनियाँ राजदूत यु होङ, कुलमान घिसिङ समेत थिए।

४५६ मेगावाट क्षमताको सो जलविद्युत अनुगमन गर्न प्रधानमन्त्रीसहितको टोली बुधबार दोलखाको विगु गाउँपालिका–१ लामाबगर पुगेको हो। निरीक्षणपछि ओलीले आयोजना जसरी पनि तोकिएको अवधिभित्रै सम्पन्न गर्न निर्देशन दिए। उनले कसैलाई दोष दिएर नपन्छिन समेत आयोजनाका अधिकारीहरुलाई सुझाए।

२०७५ पुषमा सम्पन्न हुने लक्ष्य राखिएको सो आयोजनामा विभिन्न बहानामा ढिलाइ हुँदै आएको छ। उनले निर्माण कम्पनी र परामर्शदातालाई समयमै भुक्तानी गर्न आग्रह गर्दै मुद्रा सटहीमा आफूले पहल गरिदिने आश्वासन पनि दिलाएका हुन् ।


divya collage
unigloble collage