आजको पत्रपत्रिका : ओली सिंहदरबार आउन नसक्दा बालुवाटारबाटै सरकार सञ्चालन

6.44K
shares

ओली सिंहदरबार आउन नसक्दा बालुवाटारबाटै सरकार सञ्चालन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली तीन सातादेखि सिंहदरबार उपस्थित छैनन् । ११ कात्तिकमा छोटो समय बसेको मन्त्रीपरिषद बसेपछि त्यसयता बैठक समेत बसेको छैन । प्रधानमन्त्री ओली अस्वस्थताका कारण सिंहदरबार आउन नसकेका हुन् भने मन्त्रीपरिषद बैठक समेत बस्न नसकेको हो ।

तर, प्रधानमन्त्री ओली अस्वस्थ हुँदा र मन्त्रिपरिषद बैठक नबस्दा पनि सरकारी काममा भने त्यसको अभाव देखिएको छैन । प्रधानमन्त्री ओली बिरामी भएर अस्पतालमै रहँदा पनि मन्त्रीहरुसँग छलफल गरे, अस्पतालबाट फर्किएर निवासमा आराम गर्दा पनि उनले मन्त्री र सचिवहरुसँग छलफल गर्न छाडेनन् ।

कर्मचारी समायोजन ऐन : खटाएको स्थानमा नजानेलाई अवकास

काठमाडौं । कर्मचारीलाई पहिले रोज्‍न लगाउने, नरोजे केन्द्रले आफैँले खटाउने र खटाएको ठाँउमा नजानेलाई अवकास गर्नेसम्मको व्यवस्‍था कर्मचारी समायोजन ऐनमा राखिएको छ। समायोजन नरोज्‍न कर्मचारीलाई केन्द्रले प्रदेश र स्थानीय तहमा खटाउने संघीय तथा सामान्‍य प्रशासन मन्त्रालयका निमित्त सचिव सुरेश अधिकारीले जानकारी दिए।

बाटोको म्‍यादबाहेक ३५ दिनभित्र कर्मचारी समायोजन गरिएको प्रदेश र स्थानीय तहमा हाजिर हुनु पर्नेछ । ९० दिनभित्र पनि हाजिर नहुने कर्मचारीलाई अवकास दिन सक्‍ने व्यवस्था गरिएको छ।

अब विदेश जाँदा १५ सय डलरमात्रै लान पाइने

काठमाडौँ । अब नेपाली नागरिकले विदेश जाँदा प्रतिव्यक्ति १ हजार ५ सय अमेरिकी डलर मात्र सटही सुविधा पाउने भएको छ । राष्ट्र बैंकले मंगलबार एक परिपत्र जारी गरेर बैंकहरूलाई यस्तो निर्देशन दिएको हो ।

बिनाप्रयोजन विदेश जाने प्रवृत्ति बढ्न थालेपछि त्यो नियन्त्रणका लागि डलर सटही सीमा घटाइएको राष्ट्र बैंक विदेशी विनिमय व्यवस्थापन विभाग प्रमुख भीष्मराज ढुंगानाले बताए।

तीन वर्षअघि राष्ट्र बैंकले भारतबाहेक अन्य मुलुक जाने नागरिकलाई राहदानीबापत प्रतिपटक २ हजार ५ सय अमेरिकी डलर वा सो बराबर अन्य परिवत्र्य विदेशी मुद्रा सटही दिने व्यवस्था थियो।


unigloble collage
baneshwor multiple campus ad -2083