यम पञ्चकको तेस्रो दिन आज लक्ष्मीपूजा : लक्ष्मीकोे पूजा र दीपावली गरि मनाईंदै

Nepal Life Insurance Long Ad

काठमाडौँ । यमपञ्चक अर्थात तिहारको तेस्रो दिन आज साँझ ऐश्वर्य, धनधान्य र सम्पन्नताकी देवी लक्ष्मीको पूजाआराधना गरी श्रद्धा भक्तिपूर्वक लक्ष्मीपूजा मनाइँदैछ । सफासुग्घर र लिपपोत नगरिएको घरमा लक्ष्मीले बास गर्दिनन् भन्ने मान्यताका आधारमा आज बिहानै घर सफासुग्घर र लिपपोत गरी दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिन्छ ।

आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली, भ¥याङ लगायत स्थानमा सरसफाइ गरी दीपावली गरिन्छ । लक्ष्मी पूजा गरिने कात्तिक कृष्ण औँसीको रातलाई सुखरात्रि पनि भनिन्छ । लक्ष्मी पूजाका लागि आज साँझ आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटाले लिपपोत गरेर चामलको पीठो र अबीरले लक्ष्मीको पाइला बनाई लक्ष्मी आउने बाटो देखाइन्छ ।

पाइलैपिच्छे केराको सुत्लो अथवा माटाको पालामा दीप प्रज्वलन गरी झिलीमिली बनाइन्छ । दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा गरिन्छ । लक्ष्मीपूजापछि कन्या केटी र छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणा समेत दिने प्रचलन छ ।

आज घरमा लक्ष्मी पूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास छ । लक्ष्मी पूजा सन्ध्याकालमा गरी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक समितिका अध्यक्ष प्रा डा रामचन्द्र गौतमले जानकारी दिनुभयो ।

आज साँझ युवतीहरु समूह बनाई घरघरमा भैलो खेल्छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मत्र्य र पाताल तीनै लोकको शासन गर्ने वरदान पाएका बलिराजाले भलो होस् भनी घरघरमा गाउन लगाएको सम्झनामा भैलो खेल्ने गरिएको हो । भलो होस् भन्ने शब्द समयक्रममा अपभ्रंश भई भैलो हुन आएको पनि उहाँले बताउनुभयो । रासस


प्रकृती लम्सालकाे न्यायकाे माग गर्दै अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिद्वारा विराेध प्रर्दशन

प्रकृती लम्सालकाे न्यायकाे माग गर्दै अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिद्वारा विराेध प्रर्दशन

२०८१ फागुन ८ बिहीवार

काठमाडौ ।   अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिले KIIT...

आईजीपी बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रतिष्ठानको ६९औं वार्षिकोत्सव सम्पन्न

आईजीपी बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रतिष्ठानको ६९औं वार्षिकोत्सव सम्पन्न

२०८१ माघ २९ मंगलवार

काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय...

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजित छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजित छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

२०८१ माघ २८ सोमवार

काठमाडौ । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक...

एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा घटनास्थल अनुसन्धान अधिकृत पुनर्ताजगी अनुशिक्षण कार्यक्रम सम्पन्न

एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा घटनास्थल अनुसन्धान अधिकृत पुनर्ताजगी अनुशिक्षण कार्यक्रम सम्पन्न

२०८१ माघ २० आइतवार

काठमाडौ । प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा...

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

२०८१ पुस २ मंगलवार

लुम्बिनी । भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा आइतबार देखि...

बुद्धिष्ट राष्ट्रहरुबाट नियमित उडान गर्न सके गौतमबुद्ध विमानस्थल चलायमान हुन्छ : डा. ल्हारक्याल लामा

बुद्धिष्ट राष्ट्रहरुबाट नियमित उडान गर्न सके गौतमबुद्ध विमानस्थल चलायमान हुन्छ : डा. ल्हारक्याल लामा

२०८१ मंसिर ८ शनिवार

रुपन्देही ।  गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा सन्चालन अन्तरक्रिया...