चलचित्र ‘चिनो’को गीत २८ वर्षपछि नेपाली गायिकाको आवाजमा सार्वजनिक

16.34K
shares

सिड्नी । नेपाली कथानक चलचित्र ‘चिनो’का लागि भारतीय लोकप्रिय गायिका आशा भोस्लेले २८ वर्षअघि गाएको ‘दियो बाली साँझको’ बोलको गीत नेपाली गायिका जमुना शर्माले पुनस् स्वरबद्ध गरेकी छन् ।

२०४७ सालमा निर्माण भएको नेपाली कथानक चलचित्र ‘चिनो’मा समावेश गरिएको तुलसी घिमिरेको शब्द रचना र रञ्जित गजमेरको संगीत रहेको उक्त गीत भारतको मुम्बइमा बस्दै आएकी नेपाली गायिका शर्माले संगीतकार गजमेरको अनुमतिमा पुनस् रेकर्ड गराएकी हुन् । नेपालीहरुको अर्कों महान चाड तिहारको अवसर पारेर केही दिनअघि मात्रै यूट्यूबमार्फ़त सार्वजनिक गरिएको उक्त गीत दर्शक–श्रोताले मन पराएका छन् ।

मुम्बइको कैलाश स्टुडियोमा रेकर्ड गरिएको उक्त गीतको संगीत संयोजन भने प्रमोद तिमिल्सिनाले गरेका हुन् ।