डिएसपी नरहरी अधिकारी साउन महिनाको उत्कृष्ट प्रहरी घोषित तथा पुरस्कृत

351
shares

प्युठान । लुम्बिनी प्रदेशअन्तर्गत जिल्ला प्रहरी कार्यालय, प्युठानका कार्यालय प्रमुख प्रहरी नायव उपरीक्षक (डिएसपी) नरहरी अधिकारी २०८३ साल साउन महिनाको ‘उत्कृष्ट प्रहरी (Best Police of the Month)’ घोषित भई पुरस्कृत हुनुभएको छ।

लुम्बिनी प्रदेश प्रहरी कार्यालयले संगठनको नीति, निर्देशन तथा जिम्मेवारीलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै अपराध नियन्त्रण, शान्ति–सुरक्षा कायम तथा प्रहरी सेवामा व्यावसायिक योगदान पुर्‍याएको मूल्यांकनका आधारमा डिएसपी अधिकारीलाई उत्कृष्ट प्रहरीका रूपमा छनोट गरेको हो।
लुम्बिनी प्रदेशका प्रहरी नायव महानिरीक्षक (डिआइजी) भूपेन्द्र खत्रीले डिएसपी अधिकारीलाई उत्कृष्ट प्रहरी घोषित गर्दै प्रशंसापत्र तथा पुरस्कार प्रदान गर्नुभएको हो।
डिएसपी अधिकारीले आफूलाई सुम्पिएको जिम्मेवारी व्यावसायिक, अनुशासित र प्रभावकारी ढंगले निर्वाह गर्दै अपराध नियन्त्रण तथा अनुसन्धानमा उल्लेखनीय भूमिका निर्वाह गरेको प्रदेश प्रहरी कार्यालयले जनाएको छ।

उत्कृष्ट प्रहरीका रूपमा पुरस्कृत भएपछि डिएसपी अधिकारीले आगामी दिनमा पनि प्रहरी संगठनप्रतिको जिम्मेवारीलाई थप प्रभावकारी बनाउँदै जिल्लाको शान्ति–सुरक्षा, अपराध नियन्त्रण र नागरिकमैत्री प्रहरी सेवा प्रवाहमा निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गर्नुभएको छ।


divya collage
unigloble collage