ओलम्पिक छनोट फुटबल अन्तर्गत आज नेपाल र भारत भिड्दै

5.47K
shares

काठमाडौं । ओलम्पिक अन्तर्गत एसिया छनोट फुटबलमा नेपाली महिला फुटबल टोलीले आज (विहिबार) आफ्नो पहिलो खेल भारतसँग खेल्दै छ । प्रतियोगिता सुरुवात अघि अभ्यासका लागि चिनमा रहेको नेपाली टोलीले विहिबारको आफ्नो पहिलो खेलमा बलियो भारतलाई हराउँदै सुखद सुरुवात गर्न चाहन्छ ।

भारत दक्षिण एसियाकै बलियो टोली हो । नेपाली टोलीले प्रतियोगिता अघि चिनमा केहि स्थानीय क्लबसँग अभ्यास खेलहरु समेत खेल्ने अवसर पाएकाले त्यसले नेपाली टोलीलाई केहि फाइदा समेत पुर्याउने देखिन्छ।

नेपाली टोली प्रतियोगिताका लागि चिनबाटै म्यानमार प्रस्थान गरेको हो । नेपालले कार्तिक २५ गते घरेलु टोली म्यानमार तथा समुहको अन्तिम खेल बंगलादेशसँग कार्तिक २७ गते खेल्नेछ ।


unigloble collage
baneshwor multiple campus ad -2083