राष्ट्रपति विद्यादेवी भण्डारीद्धारा दिपावालीको शुभकामना

5.68K
shares

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले तिहारको अन्तिम दिन आज मनाइने भाइटीका पर्वले दाजुभाइ र दिदीबहिनीबीचको आपसी स्नेह र ममतालाई अझ प्रगाढ बनाउन मद्दत गर्ने बताएकी छन् ।

राष्ट्रपतिले तिहार–२०७५ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीको सुख, शान्ति, समृद्धि र उत्तरोत्तर प्रगतिको कामना व्यक्त गरेकी छन् ।

राष्ट्रपति भण्डारीले नेपाली नेपालीबीच आपसी मेलमिलाप, भ्रातृत्व, सामाजिक सद्भाव र सहिष्णुता अझ सुदृढ बनाओस् र समाजमा शान्ति एवं स्थायित्वका साथ देशमा आर्थिक समृद्धिको ढोका खोलेर समुन्नत नेपाल निर्माणको महाअभियानमा अघि बढ्न सबैलाई प्रेरणा मिलोस् भन्ने कामना गरेकी हुन्।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083