पूर्वराजा ज्ञानेन्द्रको भाइटीका बहिनीको निवासमा

5.2K
shares

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाहले बहिनी शोभा राज्य लक्ष्मी शाहीसँग भाइटीका लगाएका छन् ।

पूर्वराजा शाहले विहान ९ बजेर ५१ मिनेटमा बहिनी शोभाको हातबाट भाइटीका लगाएका हुन् । टीकाको शुभ साइत ११ बजेर ५५ मिनेटमा भएपनि पूर्वराजा शाहले आफ्ना ज्योतिषले दिएको साइतमा टीका लगाउने गरेका छन् ।

काठमाडौंको कमलादीस्थित बहिनीको निवासमा पुगेर पूर्वराजा शाहले बहिनी शोभाको हातबाट भाइटीका लगाएका हुन् ।