दुई वर्षभित्र माग अनुसारको सिटामोल उत्पान गर्ने तयारी

5.27K
shares

काठमाडौं। सरकारको पूर्ण स्वामित्वमा रहेको नेपाल औषधि लिमिटेडले दुई वर्ष भित्र माग अनुसार नै सिटामोल उत्पादन गर्ने तयारी गरेको छ। सिटामोलको माग बढी रहेका बेला नेपाल औषधि लिमिटेडले २ वर्ष भित्र सहज आपूर्ति हुने गरी उत्पादन गर्ने योजनासहितको पञ्चवर्षीय व्यापारिक योजना तयार पारेको हो।

२ वर्ष भित्र बजारमा माग अनुसारको आपूर्ति हुने गरी सिटामोल उत्पादन गर्ने गरी सो योजना तय गरिएको लिमिटेडका महाप्रबन्धक रोवशकुसुम सुवेदीले जानकारी दिए। लिमिटेड बोर्ड बैठकले अव छिट्टै सिटाप्लस पनि उत्पादन गर्ने योजना बनाएको छ। लिमिटेडले जीवन जल र सिटामोल उत्पादन गर्दै आएको छ। अव छिट्टै सिटाप्लस उत्पादनको काम सुरु हुने महाप्रबन्धक सुवेदीले बताए। सिटाप्लस उत्पादनका लागि यो वर्ष २ वटा मेसिन थप्ने तयारी गरिएको छ।

बजेटको आवश्यक व्यवस्था गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयसँग कुरा भइरहेको पनि लिमिटेडले जनाएको छ। लिमिटेडको पञ्चवर्षीय व्यापारिक योजनामा आईरन चक्कीलगायतका १६ वटा औषधि उत्पादन गर्ने उल्लेख गरिएको छ।

त्यसका लागि लिमिटेड आफैले अग्रसरता लिने तयारी गरिरहेको छ। महाप्रबन्धक सुवेदीले पञ्चवर्षीय व्यापारिक योजना कार्यान्वयनका लागि प्राविधिक तथा आर्थिक स्रोत जुटाउन सम्बन्धित मन्त्रालयसँग विस्तृत छलफल गर्ने पनि बताए। पञ्चवर्षीय योजना लागू गराउनका लागि लिमिटेडले संस्थागत क्षमता भिवृद्धिको कामलाई जोड दिइएको स्पष्ट पारेको छ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083