भन्सालीको फिल्ममा ‘सलमान’सँग काम गर्लान् ‘शाहरुख’ ? दिए यस्तो जवाफ

5.34K
shares

मुम्बई । पछिल्लो दिनमा खबर आइरहेको छ कि, सलमान खान र शाहरुख खान फेरि एक पटक फिल्ममा एक साथ देखिँदैछन् । यी दुवै भारतका चर्चित निर्देशक सञ्जय लीला भन्सालीको फिल्ममा देखिँदैछन् भनेर समाचार आइरहेका थिए। तर शाहरुखका फ्यानलाई भने यो खबरले केही निराश पार्न सक्छ ।

फ्यानले शाहरुख र सलमानलाई सिल्भर स्किृनमा देख्न केही समय कुर्नपर्ने भएको छ । एक इन्टरभ्युमा किङ खानले भने, ‘यो समयमा म केवल एउटा मात्र फिल्ममा समर्पित छु, उक्त फिल्म राकेश शर्माको बायोपिक फिल्म हो, जसको नाम सेल्युट रहन सक्छ ।’

साथै उनले निर्देशक सञ्जय लीला भन्साली फेन्टास्टिक निर्देशक भएको पनि बताएका छन् । उनले भने, ‘सञ्जय लीला भन्साली एक महान निर्देशक हुन्, उनीसँग फिल्म बनाउनका लागि कैयन् कहानी छन्, भन्साली सलमान र म दुवैलाई माया गर्छन्, उनले हामीलाई कैयन् कहानीका बारेमा बताएका छन्, तर यो प्रोजेक्टका बारेमा केही भनेका छैनन् ।’

शाहरुख खानले यसो भनेपछि सलमान खानसँग फिल्म खेल्ने भनेर गरिएका अड्कलमा विराम लागेको छ । यतिबेला शाहरुख खान फिल्म ‘जिरो’ मार्फत दर्शकमाझ देखिँदैछन् । फिल्ममा शाहरुख बामपुड्के युवाको भूमिकामा देखिँदैछन् । करीब ६ वर्षपछि शाहरुख खान, अनुष्का शर्मा र क्याटरिना कैफको जोडी देखिँदैछ । यसपहिले यी तीन फिल्म ‘जब तक है जान’ मा देखिएका थिए ।


divya collage
unigloble collage
baneshwor multiple campus ad -2083