अनुमतिबिनै महाकालीमाथि भारतको काठेपुल निर्माण

Nepal Life Insurance Long Ad

दार्चुला । भारतले नेपालको अनुमतिबिनै महाकाली नदीमाथि अस्थायी काठे पुल निर्माण गरेको छ । सरकारले २ स्थानमा काठेपुल निर्माण गर्न अनुमति दिए पनि भारतले ३ स्थानमा अस्थायी काठेपुल निर्माण गरेको हो ।

त्रिदेशीय सीमा नाकासम्म सडक पुर्‍याउने उद्देश्यका साथ भारतले घटियाबगर–लखनपुर–लिपुलेक सडकको निर्माणलाई प्राथमिकता साथ निर्माण गरिरहेको छ । त्यही सडकको सामान ढुवानीका लागि भन्दै भारतले बिनाअनुमति व्याँस गाउँपालिका–२ मा पर्ने तम्पाकु र थीइको भीर तथा मालपामा ३ अस्थायी काठेपुल निर्माण गरेको हो ।

महाकाली नदीका २ स्थानमा काठेपुल निर्माण गर्न सरकारले अनुमति दिए पनि भारतले ३ स्थानमा बनाएको दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी टेकबहादुर कुवँरले जानकारी दिए । गत वर्ष पनि भारतले नेपाली प्रशासनलाई जानकारी नदिई आधा दर्जनभन्दा बढी स्थानमा काठे पुल निर्माण गरेको थियो ।

एक देशले अर्को देशको भूमि प्रयोग गर्न अनुमति लिनुपर्ने प्रावधान छ । तर, विभिन्न ३ स्थानमा काठेपुल निर्माण गरिरहेको भारतले नेपालको अनुमतिविनै बाटोसमेत बनाएको छ । ठेकेदार साजन बिष्टले काठेपुल नजिकै भारतले बाटोसमेत निर्माण गरिरहेको बताए ।

दोहोर्‍याउँदै गल्ती

गत वर्ष भारतको यस्तो रवैयाको चर्को विरोध भएको थियो । नेपाल–भारत सीमा समन्वय बैठकमा समेत नेपाली अधिकारीहरुले यो विषय उठाएका थिए । बैठक भारतीय प्रशासनले केही पुल आफैं हटाएको थियो भने केही नेपालीहरुले भत्काइदिएका थिए । तर, अघिल्लो गल्ती गरेको भारतले यस वर्ष पनि विनाअनुमति पुल र बाटो निर्माणलाई निरन्तरता दिएको छ ।

भारतले गलत ढंगले नेपाली भूमि प्रयोग गर्दै आए पनि प्रशासन भने मौन देखिएको छ । दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी कुँबर अनुमतिविना अर्को देशको भूमि प्रयोग गर्नु अवैधानिक हुने भए पनि व्यवहारिक रुपमा चलिरहेको हुनसक्ने बताउँछन् । तर, राष्ट्र र राष्ट्रियताको विषय भएकाले यसलाई नेपाली प्रशासनले गम्भीरतापूवर्लक लिनुपर्ने स्थानीयको भनाइ छ ।


प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

प्रहरी कार्यालय पर्सा र ट्राफिक प्रहरी कार्यालय पर्साको संयुक्त आयोजनामा “ट्राफिक सप्ताह २०८२” शुरु

२०८२ जेठ २२ बिहीवार

पर्सा ।  जिल्ला प्रहरी कार्यालय पर्सा र जिल्ला ट्राफिक प्रहरी...

प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न

प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम सम्पन्न

२०८२ जेठ ११ आइतवार

काठमाडौ । प्रहरी बिट यंगालको उद्घाटन तथा नागरीक सुनुवाई कार्यक्रम...

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ जेठ ११ आइतवार

काठमाडौं । काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त...

लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक कार्यक्रम सम्पन्न

२०८२ जेठ १० शनिवार

काठमाडौ । लागू औषध नियन्त्रण सम्बन्धी सचेतनामुलक एवं शान्ति सुरक्षा...

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ वैशाख २८ आइतवार

काठमाडौ । लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर...

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर अभियान सम्बन्धी सचेतनामूलक कार्यक्रम सम्पन्न

२०८२ वैशाख १८ बिहीवार

काठमाडौ । लागूऔषध विरूद्धको महाअभियान अन्तर्गत लागूऔषध दुर्व्यसन रहित घर...