भन्सालीको फिल्ममा ‘सलमान’सँग काम गर्लान् ‘शाहरुख’ ? दिए यस्तो जवाफ

Nepal Life Insurance Long Ad

मुम्बई । पछिल्लो दिनमा खबर आइरहेको छ कि, सलमान खान र शाहरुख खान फेरि एक पटक फिल्ममा एक साथ देखिँदैछन् । यी दुवै भारतका चर्चित निर्देशक सञ्जय लीला भन्सालीको फिल्ममा देखिँदैछन् भनेर समाचार आइरहेका थिए। तर शाहरुखका फ्यानलाई भने यो खबरले केही निराश पार्न सक्छ ।

फ्यानले शाहरुख र सलमानलाई सिल्भर स्किृनमा देख्न केही समय कुर्नपर्ने भएको छ । एक इन्टरभ्युमा किङ खानले भने, ‘यो समयमा म केवल एउटा मात्र फिल्ममा समर्पित छु, उक्त फिल्म राकेश शर्माको बायोपिक फिल्म हो, जसको नाम सेल्युट रहन सक्छ ।’

साथै उनले निर्देशक सञ्जय लीला भन्साली फेन्टास्टिक निर्देशक भएको पनि बताएका छन् । उनले भने, ‘सञ्जय लीला भन्साली एक महान निर्देशक हुन्, उनीसँग फिल्म बनाउनका लागि कैयन् कहानी छन्, भन्साली सलमान र म दुवैलाई माया गर्छन्, उनले हामीलाई कैयन् कहानीका बारेमा बताएका छन्, तर यो प्रोजेक्टका बारेमा केही भनेका छैनन् ।’

शाहरुख खानले यसो भनेपछि सलमान खानसँग फिल्म खेल्ने भनेर गरिएका अड्कलमा विराम लागेको छ । यतिबेला शाहरुख खान फिल्म ‘जिरो’ मार्फत दर्शकमाझ देखिँदैछन् । फिल्ममा शाहरुख बामपुड्के युवाको भूमिकामा देखिँदैछन् । करीब ६ वर्षपछि शाहरुख खान, अनुष्का शर्मा र क्याटरिना कैफको जोडी देखिँदैछ । यसपहिले यी तीन फिल्म ‘जब तक है जान’ मा देखिएका थिए ।


प्रहरी सहायक निरिक्षक (असई) सञ्जय गौतम र  रमिला बस्नेतकाे एक उदाहरणीय विवाह

प्रहरी सहायक निरिक्षक (असई) सञ्जय गौतम र रमिला बस्नेतकाे एक उदाहरणीय विवाह

२०८२ वैशाख ३१ बुधवार

काठमाडौं । नेपाल प्रहरीका प्रहरी सहायक निरिक्षक (असई) सञ्जय गौतमले...

एक वर्षपछि ‘परदेशी हुनै मन छैन’ मार्फत शान्तिश्री र खेम सेन्चुरी एकसाथ

एक वर्षपछि ‘परदेशी हुनै मन छैन’ मार्फत शान्तिश्री र खेम सेन्चुरी एकसाथ

२०८२ वैशाख ३० मंगलवार

काठमाण्डौं। लोकसंगीतका चर्चित नाम खेम सेन्चुरी र शान्तिश्री परियार फेरि...

‘नेताहरु संसद छिर्नु अघि घाटको दर्शन गर्नुपर्ने नियम बनाइदिन्थे’ : आस्मा न्यौपाने

‘नेताहरु संसद छिर्नु अघि घाटको दर्शन गर्नुपर्ने नियम बनाइदिन्थे’ : आस्मा न्यौपाने

२०८१ मंसिर १७ सोमवार

पार्टी कार्यालय वा संसद् भवनभित्र छिर्नुभन्दा अगाडि एकपटक घाटको दर्शन...

आश्मा न्यौपाने ग्लोबल स्टार अवार्ड 2024 बाट सम्मानित

आश्मा न्यौपाने ग्लोबल स्टार अवार्ड 2024 बाट सम्मानित

२०८१ असोज १४ सोमवार

काठमाडौं । आश्मा न्यौपाने ग्लोबल स्टार अवार्ड 2024 बाट सम्मानित...

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त

२०८१ भदौ १४ शुक्रवार

काठमाडौँ ।  चलचित्र विकास बोर्डको अध्यक्षमा दिनेश डिसी नियुक्त भएका...

नेपाली कथानक चलचित्र ‘हामी तीन भाई’ को पोस्टर सार्वजनिक

नेपाली कथानक चलचित्र ‘हामी तीन भाई’ को पोस्टर सार्वजनिक

२०८१ भदौ १० सोमवार

काठमाडौं । प्रसिद्धि सिने आर्ट्सको ब्यानरमा साजित महतको प्रस्तुतिमा तयार...