१२ देशका उच्च श्रम अधिकारीको बैठक शुरू, बैठकमा काठमाडौं घोषणापत्र जारी हुने

Nepal Life Insurance Long Ad

काठमाडौं । बैदेशिक रोजगारीका लागि कामदार पठाउने १२ देशका उच्च अधिकारीको बैठक काठमाडौंमा शुरू भएको छ ।

शुक्रबार मन्त्रिस्तरीय बैठक हुनेछ । बैदेशिक रोजगारमा कामदार पठाउने एशियाली राष्ट्रहरुको साझा मञ्चका रुपमा कोलम्बो प्रोसेसको स्थापना सन् २००३ मा श्रीलंकामा भएको थियो । अन्तर्राष्ट्रिय आप्रवासनका विषयमा क्षेत्रिय परामर्श गर्ने उद्देश्यले यो मञ्च सञ्चालित छ । यसको बैठकमा अन्तर्राष्ट्रिय आप्रवासन र अनुबन्धमा आधारित श्रमका विषयमा सदस्य मुलुकहरु एक आपसमा परामर्श गर्ने श्रम, रोजगार तथा सामाजीक सुरक्षा मन्रालयले जनाएको छ ।

कोलम्बो प्रोसेसका सदस्य राष्ट्रहरुमा अफगानिस्तान, बंगलादेश, कम्बोडिया, चीन, भारत, इण्डोनेसिया, नेपाल, पाकिस्तान, फिलिपिन्स, श्रीलंका, थाइल्याण्ड र भियतनाम रहेका छन् ।

वैदेशिक कामदारहरुको हक र अधिकारको प्रवद्र्धन, सेवा र सुविधाको संरक्षणका अतिरिक्त नयाँ गन्तव्य बजारको खोजी, विप्रेषणको वैधानिक प्रवाहको बढोत्तरी एवं आप्रवासनको व्यवस्थापकीय क्षमता विकास, तथ्यांक संकलन र विश्लेषण एवं राष्ट्र–राष्ट्र बीचको वैदेशिक रोजगार सुधारका क्षेत्रमा हुने सहकार्यलाई कोलम्बो प्रोसेसले आफ्नो स्थापनाकालदेखि नै प्राथमिकतामा राखेको छ ।

हाल नेपाल यसको अध्यक्ष छ । २९ मार्च २०१७ देखि नेपालले यसको अध्यक्षता गरिरहेको छ । मन्त्रिस्तरीय बैठक कोलम्बो प्रोसेसको सर्वोच्च निकाय हो । अध्यक्षताको दुई वर्षे अवधिमा बस्ने मन्त्रीस्तरीय बैठकमा सहभागी देशका मन्त्रीहरुद्वारा आप्रवासन सम्बन्धमा विभिन्न सिफारिस र कार्ययोजनाहरुमाथि विचार विमर्श गर्ने गरिएको छ ।

यस्तो बैठकमा सदस्य मुलुकहरूले अघिल्लो बैठकका सिफारिसहरुको कार्यान्वयनको समीक्षा गर्नुका साथै आगामि दिनमा अवलम्बन गरिने कदमहरूको पहिचानसमेत गर्ने जनाएको छ ।

कोलम्बो प्रोसेसको स्वीकृत सञ्चालन प्रक्रिया अनुरुप अध्यक्षता गरिरहेको मुलुकले मन्त्रीस्तरीय र उच्च अधिकारी (सचिव) स्तरीय बैठकको आयोजना गर्नुपर्ने हुन्छ । यसैको लागि काठमाडौंमा अधिकारी स्तरीय एवं मन्त्रीस्तरीय बैठकको आयोजना गर्न लागिएको हो । अधिकारी स्तरीय बैठकको अध्यक्षता श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका सचिव महेश दहालले गरेका छन् । उच्च अधिकारी स्तरीय बैठकले ३० गते हुने मन्त्रीस्तरीय बैठकका लागि कार्यसूची, कार्यक्रम र निर्णयका विषयवस्तु सिफारिस गर्ने छ ।

बैठकमा विश्वब्यापी आप्रवासनलाई सुरक्षित बनाउन सदस्य देशले, क्षेत्रिय र द्विपक्षीय तहमा ध्यान दिनुपर्ने विषय तथा यसलाई कार्यान्वयनको क्रममा कोलम्बो प्रोसेसका सदस्य राष्ट्रहरुले अवलम्बन गर्नुपर्ने नीति, रणनीति र हाँसिल गर्नसक्ने लाभका विषयमा प्रस्तुति एवं छलफल गरिने छ ।

दुवै बैठकहरुमा सदस्य मुलुकका मन्त्रीहरु र उच्च अधिकारीहरुको सहभागिता हुनेछ । त्यसैगरी आप्रवासनसँग सम्बद्ध एक दर्जन जति संस्थाहरुका पर्यवेक्षक प्रतिनिधीहरुको पनि काठमाडौं बैठकमा सहभागिता हुने छ । बैठकले काठमाडौं घोषणापत्र जारी गर्नेछ ।


प्रकृती लम्सालकाे न्यायकाे माग गर्दै अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिद्वारा विराेध प्रर्दशन

प्रकृती लम्सालकाे न्यायकाे माग गर्दै अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिद्वारा विराेध प्रर्दशन

२०८१ फागुन ८ बिहीवार

काठमाडौ ।   अखिल (क्रान्तिकारी) बानेश्वर बहुमुखी क्याम्पस समितिले KIIT...

आईजीपी बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रतिष्ठानको ६९औं वार्षिकोत्सव सम्पन्न

आईजीपी बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय प्रहरी प्रतिष्ठानको ६९औं वार्षिकोत्सव सम्पन्न

२०८१ माघ २९ मंगलवार

काठमाडौ । प्रहरी महानिरीक्षक (आईजीपी) बसन्त कुँवरको प्रमुख आतिथ्यतामा राष्ट्रिय...

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजित छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानको ६९ औं वार्षिकोत्सवको अवसरमा आयोजित छात्रवृत्ति तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न

२०८१ माघ २८ सोमवार

काठमाडौ । राष्ट्रिय प्रहरी प्रतिष्ठानका कार्यकारी निर्देशक प्रहरी अतिरिक्त महानिरीक्षक...

एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा घटनास्थल अनुसन्धान अधिकृत पुनर्ताजगी अनुशिक्षण कार्यक्रम सम्पन्न

एआईजी टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा घटनास्थल अनुसन्धान अधिकृत पुनर्ताजगी अनुशिक्षण कार्यक्रम सम्पन्न

२०८१ माघ २० आइतवार

काठमाडौ । प्रहरी अतिरिक्त महानिरीक्षक टेक बहादुर तामाङको प्रमुख आतिथ्यतामा...

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

विश्व प्रसिद्ध ३३ औं शाक्य मोन्लम पूजा उपाध्यक्ष डा.लामा द्वारा समापन

२०८१ पुस २ मंगलवार

लुम्बिनी । भगवान गौतम बुद्धको पवित्र जन्मस्थल लुम्बिनीमा आइतबार देखि...

बुद्धिष्ट राष्ट्रहरुबाट नियमित उडान गर्न सके गौतमबुद्ध विमानस्थल चलायमान हुन्छ : डा. ल्हारक्याल लामा

बुद्धिष्ट राष्ट्रहरुबाट नियमित उडान गर्न सके गौतमबुद्ध विमानस्थल चलायमान हुन्छ : डा. ल्हारक्याल लामा

२०८१ मंसिर ८ शनिवार

रुपन्देही ।  गौतमबुद्ध विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान दीगो रुपमा सन्चालन अन्तरक्रिया...