बेरुजु रकम शून्यमा झार्न सामान्यको निर्देशन
वि.सं.२०७५ कात्तिक ३० शुक्रवार ०८:५६
shares

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आफू मातहतका कार्यालयलाई चालु आर्थिक वर्षको अन्त्य सम्ममा बेजुरु शून्यमा झार्ने लक्ष्यका साथ कार्य गर्न निर्देशन दिएको छ ।
मन्त्रालयले चालु आव २०७५–७६ को बेरुजु फछ्र्यौट, कार्ययोजना र मार्गदर्शन आफ्नो मातहतका कार्यालयलाई जारी गर्दै आव २०७४–७५ सम्मको शतप्रतिशत बेरुजु फछ्र्यौट गरी शून्य कायम गराउने निर्देशन दिएको मन्त्रालयका सचिव दिनेशकुमार थपलियाले जानकारी दिए ।
मन्त्रालयले चालु आवको अन्त्यसम्ममा आव २०५९–६० देखि आव २०७४–७५ सम्मको बेरुजु रकम शून्यमा झार्ने निर्देशन दिएको हो । नयाँ बेरुजुलाई शून्यमा झार्नुपर्ने र पुराना बेरुजुलाई शून्यमा झार्ने लक्ष्यका साथ निर्देशन दिएको उनले बताए । बेरुजु रकम शून्यमा झार्ने योजना अनुसार मन्त्रालयले यही मङ्सिर सम्म आव २०५९–६० देखि आव २०७४–७५ सम्म २०, पुस मसान्त सम्म ३०, जेठ मसान्तसम्म ६० र असार मसान्तसम्म सय प्रतिशत फछ्र्यौट गर्न निर्देशन दिएको थपलियाले बताए ।
















